विराट कप फूटबल टुर्नामेन्टमा यी चार विद्यालय पुगे सेमीफाईनलमा

विराट कप फूटबल टुर्नामेन्टमा यी चार विद्यालय पुगे सेमीफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को, एभरेष्ट र ज्ञान सारथी स्कूल विजयी भएका छन् । यो सँगै चार टीम सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टाइब्रकेरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनाफानो भएको हो ।
दोस्रो खेलमा डनबस्कोले बाल्मिकीलाई १–० गोलले हरायो । तेस्रो खेलमा एभरेष्टले जेभियर्स स्कूललाई ४–० गोलले पराजित गर्यो । चौथो खेलमा ज्ञानसारथी स्कूलले गोदावारी स्कूललाई १–० को आत्माघाती गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । गोदावारीका सुमित बज्रचार्यले आत्माघाती गोर गरेका थिए । सेमिफाइन र फाईनल खेल मंगबार हुने खेल संयोजक अशोक लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्