एभरेष्ट आइडल बनिन् निहारिका बराल

एभरेष्ट आइडल बनिन् निहारिका बराल

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको एभरेष्ट कलेज सिङ्गीङ आइडलको उपाधि निहारिका बराल (कक्षा ११)ले जितेकी छन् । सोमबार भएको फाइनल स्पर्धामा १० जना प्रतिष्पर्धिलाई पछि पार्दै गायन प्रतिष्पर्धाको उपाधि बरालले जितेकी हुन् ।प्रतियोगितामा फष्ट रनरअप बिसाजा खतिवडा (कक्षा १२ ) र सेकेण्ड रनरअप रोजिना घिमिरे (कक्षा ११) बनेका छन् । कलेजका ३० जना प्रतिपष्र्धिहरुबाट छानिएर गएका १० जनाले फाइनल प्रतिष्पर्धामा भाग लिएका हुन् ।
एक महिनाअघि शुरु भएको अडिसनबाट तीन चरण पार गर्दै उनीहरु फाइनलसम्म पुगेका हुन् । उनीहरुलाई प्रशिक्षक राजन राईले सहजिकरण गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई प्राचार्य टिकाराम पुरीले बधाई दिँदै नगद राशिसहित शिल्ड र प्रमाणपत्र वितरण गरे । समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरुलाई अध्ययनसँगै आफूभित्र रहेको प्रतिभालाई समेत प्रष्फुटन गर्न सक्नेले सफलता हात पार्ने भन्दै हौसला प्रदान गरे । हरेक वर्ष गायन प्रतिष्पर्धाको नामबाट हुदै आएको प्रतियोगितालाई भव्यता प्रदान गर्दै कलेज आइडलको रुपमा आयोजना गरिएको कलेजका प्रशासन प्रमुख प्रवेश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्