राज्यमन्त्री दुगडले बन्द र रुग्ण उद्योगलाई संचालन गरेर नाफामा लैजाने

राज्यमन्त्री दुगडले बन्द र रुग्ण उद्योगलाई संचालन गरेर नाफामा लैजाने

विराटनगर । उद्योग राज्यमन्त्री मोती दुगडले बन्द र रुग्ण उद्योगलाई संचालन गरेर नाफामा लैजाने कार्ययोजना बन्दै गरेको बताएका छन् । गृहनगर विराटनगरमा सोमबार संचारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री दुगडले बन्द र रुग्ण उद्योगका संचालकहरुसँग संचालनको कार्य योजना माग गरिएको बताए ।

“बन्द रहेका संस्थान र उद्योगहरुका हजारौं बिगाह जमिनलाई प्रयोगमा ल्याउंने वातावरण बनाउँछौं” उनले भने, “नचल्ने उद्योगाई पुर्नजिवन दिन भूमिका खेल्नेछु ।” उद्योग वाणिज्य संघमा बसेर लामो अवधि अनुभव लिई सकेका दुगडले उद्योगहरुलाई नाफामा लैजाने योजना ल्याउँने दाबी गरे । विदेशीले लगानी गरेका उद्योगहरु बन्द हुंदै गरेको अवस्थामा उनले विदेशी पुजीलाई निराश हुँन नदिन आफुले भुमिका खेल्ने बताए।

“आपुर्ति मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयलगायतमा पर्ने काममा उद्यागीलाई उद्योग मन्त्रालयले सहजीकरण गर्ने छ” उनले भने । उद्योगीका काम अनलाईन मार्फत गर्न मन्त्रालयले सफ्टवेयरको निर्माण गर्दै गरेको उनले जानकारी दिए ।
“कर्मचारीमा काम गर्ने संस्कारको विकास हुंन थालेको छ, मेरो ‘भिजन’ र उद्योगमन्त्रीको अठोट मिलेको छ” दुगडले भने, “हामी दुबै मिलेर नयां उद्योगहरु खोल्ने वातावरण बनाउंछौं ।”

नेपालका मारवाडी समुदायबाट मन्त्री हुँने दोस्रो ब्यक्ति दुगडले आफुलाई सरकारले जिम्मेवारी सुम्पिंदा धेरै उद्योगी खुसी भएपनि केही केहीलाई इष्र्या लागेको उनले बताए ।  आफूले गरेका लगानीहरुले जलन भएकाहरुले दोहोरो नागरिकताको आरोप लगाएको उनले बताए ।
मन्त्रालयमा उपसचिवसँगको विवादको खबर बाहिर आएको बारे प्रष्ट पार्दै उनले भने, “उपसचिवको कोठाभन्दा राज्यमन्त्री बस्ने कोठा सानो थियो, मर्यादाका कारण उहाँले नै कोठा छाडिदिनु भएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्