प्याब्सन स्पोर्टस मिट पुस ३ देखि विराटनगरमा हुँदै

<span class='c1'>प्याब्सन स्पोर्टस मिट पुस</span> <span class='c2'>३ देखि विराटनगरमा हुँदै</span>

विराटनगर । ‘अनुशासन मैत्री स्वास्थ्य–शान्तिका लागि खेल’ भन्ने मुल नाराका साथ प्याब्सन मोरङको आयोजनामा ११ औँ प्याब्सन स्पोर्टस मिट २०७६ हुने भएको छ । प्याब्सन मोरङले विराटनगरमा सोमाबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो ।
आगामी पुस ३ गते विराटनगरस्थित शहिद रंगशालामा हुने उक्त प्रतियोगितामा मोरङ जिल्लाका प्याब्सन सदस्य २ सय ५० वटा विद्यालयहरुका २ हजार भन्दा बढि खेलाडीहरु सहभागी हुनेछन् । करिब १ लाख बढी खेलमा रुचि भएका दर्शकले प्रत्यक्ष अवलोकन गर्ने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए ।
प्याब्सन स्पोर्टस् मिट प्याब्सन मोरङको मात्र नभई प्रदेशवासी कै गौरव र विशेष गरी मोरङ वासीहरुका लागि ऐतिहासिक आयोजना रहेको बस्नेतको भनाई छ । खेलकुद प्रतियोगिता संचालनका लागि करिब १५ लाख लाग्ने जानकारी दिईएकोछ ।
खेलकुद प्रतियोगिताको उद्घाटन पुस ३ गते प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्