विराटनगर । नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा तेस्रो पटक जुत्ता चप्पल व्यापार मेला २०७६ सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ मंगलबारबाट विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो ।
प्रदेश नम्बर एकका उद्योग वन तथा पर्यटन मन्त्री जगदिश कुसियतले जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्नुभएको छ ।
मेलाको उद्घाटन गर्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुयसतले नेपाली उत्पादनको प्रवद्र्धन गर्नको लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । नेपाल बजार बाह्य बजारको प्रभावका कारण स्थानीय उत्पादनहरु प्रभावित भएको अबस्थामा यस्ता स्थानीय उत्पादनहरुले बजार प्रवद्र्धन गर्ने उनको भनाई छ । यसरी मेला आयोजान गरेको प्रति जुत्ता चप्पल उत्पादकहरुलाई मन्त्री कुसियैतले धन्यवाद दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संघठन मोरङका अध्यक्ष भिम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल लगायतले मेलाको सफलताको शुभकामना दिएका थिए ।
नेपाली जुत्ता घरले नेपालका विभिन्न मुख्य शहरमा जुत्ता चप्पल मेला आयोजना गर्दै आएको छ । विराटनगरमा पनि यस अघि दुई पटक मेला आयोजना गरिसकिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यले बताए ।
प्रदेश १ का उपभोक्तालाई मध्यनजर गर्दै विराटनगरमा मेला आयोजना गरिएको उपाध्यले जानकारी दिए । नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।
मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने आयोजकको भनाई छ।
मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको छ । मेलामा उद्घाटनको दिनदेखी नै उपभोत्ताहरु चुत्ता चप्पल खरिद गर्न आउन थालेका छन् ।