२२ महिना के मा अल्झियो प्रदेश सरकार ? मुख्यमन्त्री शेरधन राईसँगको(अन्तरवार्ता)

<span class='c1'>२२ महिना के मा अल्झियो प्रदेश</span> <span class='c2'>सरकार ? मुख्यमन्त्री  शेरधन राईसँगको(अन्तरवार्ता)</span>

प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । मन्त्री परिषद बनेर काम शुरु भएको पनि २२ महिना पुरा भएको छ । यो बिचमा प्रदेश सरकारले राजधानीको बिषय टुङ्गो लगाएपनि नामको बिषय अहिले पनि विवादमै छ । प्रदेशको नाम टुङ्गो लाग्न सकेको छैन तर प्रदेश सरकारले सहमतीको आधारमा नाम राख्ने बताउँदै आएको छ । मन्त्री परिषद बिस्तार हुन नसकेको अबस्थामा प्रदेश सरकारले आफ्ना गतिबिधी, प्रदेशको नाम र मन्त्री परिषद बिस्तारकोे बारेमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आवर बिराटनगरका सम्पादक सुमन सुस्केराले कुराकानी गरेका छन् ।

मुख्यमन्त्री ज्यु, यहाँ मुख्यमन्त्री भएर आउनु भएको २२ महिना भयो उपलब्धी के आयो ?
एउटा ट्याक निर्माण गरेर महत्वपुर्ण उपलब्धीका साथ हामी अघि बढ्दै छौ । २२ महिनाको अबधिलाई म सन्तोषजनक ठान्दछु र त्यस रुपमा नै मैले लिएको छ । हामी सकारात्मक बाटोमा हिँडेका छौ । जनताको बिचमा एउटा आशा बिस्वासलाई लिएर हिड्ने काम भएको छ ।

जनताले बुझ्ने गरी भनिदिनुस् न, सन्तोषजनक भनेको कस्तो हो ?
हामी शुन्यमा आएको हौँ । अस्थायी भएपनि संरचना निर्माण गरी बस्ने ठाउँको बन्दोबस्त, कर्मचारी ब्यवस्थापनमा एकहदसम्म काम गर्यौँ । विकास निर्माणको कामलाई सन्तुलित रुपमा हिमाल पहाड र तराईलाई हेरेर पुर्बाधार बिकास तथा अन्य समग्र बजेटलाई सन्तुलित रुपमा ब्यवस्थापन गरेका छौ । ६२ सडकलाई निर्वाचन क्षेत्रका आधारमा बहुबर्षिय योजनाको काम शुरु भएको छ । ८१ सडकलाई मुख्यमन्त्री ग्रामिण सडकको रुपमा अगाडी बढाएको छौ, यो कामका लागि विश्वबैंक र एसियाली बिकास बैंकलाई पनि अघि सारेका छौ । सबै साझेदार संस्थाहरुसँग कुरा भईरहेको छ । ६२ वटा सडक पुलहरु बनाउने काम पनि भईरहेको छ । सबै क्षेत्रमा योजनाहरु बनाएर अघि बढीरहेका छौ । आबधिक योजना समयमा नै निर्माण सम्पन्न गरेका छौ । स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको मुल दृष्टीकोण तयार भएकोले त्यसको फ्रेम बनेको छ त्यसैको आधारमा प्रदेशमा निर्माणको कामहरु भईरहेको छ । रुपान्तरणकारी परियोजनालाई पहिचान गरेर पहिलो २६ वटा लिस्ट बनाएर फाईनल गरेका छौ । यसलाई अगाडी बढाउनको लागि निजि क्षेत्र र बैदेशिक लगानीको वातावरण बनाउनको लागि संघसँग अनुमती लिने काम भएको छ । कृषि क्षेत्र, पर्यटन, पुर्बाधार विकास र समग्र क्षेत्रमा महत्वपुर्ण कामहरु शुरु गरेका छौ, थालेका छौ । कानुन निर्माणको कामलाई हामीले महत्वपुर्ण उपलब्धीको रुपमा लिएका छौ । कार्यबिधि, निर्देशिका तर्जुमाको काम पनि यस बिचमा भएको छ । बजेट कर्यान्वयनको काम पनि भएको छ । हामीले हाम्रो २० महिने कार्यकाललाई उपलब्धी मुलक ठान्नु पर्छ ।
सुशासनको अभियानलाई पनि महत्वपुर्ण रुपमा लिएका छौ । प्रदेश सरकार आएको शुरुकै दिनमा प्रहरीलाई स्टीकर सहित हरेक घरघरमा पुर्याउने काम भएको छ । १० लाख भन्दा बढी घरहरुमा स्टीकर टाँसेर सुरक्षाको कुरालाई प्रदेशको हरेक घरदैलोमा प्रहरीलाई जोड्ने काम भएको छ । आबस्यक परेको बेला आपत्कालिन अबस्थामा छिटो सुचना प्रवाह गर्न र तत्काल पुग्नको लागि सवारी साधन प्रहरीलाई उपलब्ध गराएका छौ । दुब्र्यशनी मुक्त बनाउनको लागि अभियान चलाएका छौ । म अघि बढ्छु भन्ने अभियानका साथ सगरमाथा टिन्स क्लबलाई प्रभावकारी अभियानका रुपमा अघि बढाईएको छ।
प्रदेशमा सुशासन, भ्रष्टाचार मुक्त बनाउनको लागि म कठोर रुपमा प्रस्तुत भएको छु । भ्रष्टाचारमा शुन्य सहनशिलताको लागि आफु कडा रुपमा प्रस्तुत भएको र त्यो श्रपमा रुपमा प्रदेशमा हुने भ्रष्टाचार, कमिशन र अनियमितताका कुरा आएभने तुरुन्त खबर गर्न भनिएको छ । भ्रष्टाचार, कमिशन र अनियमितताका कुरा आएको १ घण्टा भित्र कार्वाही गर्ने गरी त्यस्तो सुचना सार्बजनिक रुपमै आब्हान गरिएको छ।
एक घण्टा भित्र कार्वाही गर्न म प्रतिबद्ध छु र त्यो एक्सन गर्ने काम पनि मैले शुरु गरिसकेको छु। यसरी चै हामी सुशासन, सुरक्षा,विकास र समृद्धिलाई ठोस रुपमा अगाडी बढाउने मामिलामा हामी ब्यवस्थित रुपमा अगाडी बढी रहेका छौ ।

मन्त्रालय थप्ने कुरा र मन्त्री परिषद बिस्तार गर्ने कुरा किन ढिला भएको हो ?
यसमा आलोचित हुनु पर्ने मैले देखेको छैन । हामीले सचेतता पुर्बक सानो क्याबिनेट बनायौँ । दुईवटा मन्त्रलयमा मन्त्री नियुक्त हुन सकेको छैन । ति मन्त्रालयमा मन्त्री तत्काल नियुक्त गर्दापनि हुन्थ्यो तर कामको लोड परेपछि नियुक्त गरौँला भन्दा भन्दै अहिलेसम्म त्यो खाली छ । मन्त्रालयको संख्या बढाउने कुरापनि चलिरहेको छ । खासगरी प्रधानमन्त्री ज्युको अध्यक्षतामा बसेको अन्तर प्रदेश समन्वय परिषदको बैठकमा प्रदेशमा मन्त्रालयको संख्या थप गर्ने बिषयमा पनि छलफल भयो । तर कति संख्यासम्म थप गर्ने भन्ने बारेमा संघीय सरकारले नै एक पटकको लागि टुङ्ग्याउने भन्ने कुरा भएको हुनाले हामीले त्यो पर्खिरहेका छौ । कुन प्रदेश कति संख्यासम्म जानसक्ने भन्ने कुराको बाटो खुलेपछि एकै पटक सबै मन्त्री मण्डल बिस्तार गरौँ भन्ने हिसाबले म रहेँ । तर पटक पटक मैले प्रधानमन्त्री ज्युसँग कुरा गरेको छु । छिटै नै यसको बाटोे खुल्छ । कामको लोड पनि बढेकोले चाँडै टुङ्गीने छ ।

कहिलेसम्ममा मन्त्री परिषदले पुर्णता पाउँछ त ?
म छिट्टै नै क्याबिनेट बिस्तार गर्ने छु । यस अघि पनि छिट्टै हुन्छ भनेको पनि २० महिना भईसक्यो तर केही कारणले गर्दा ढिला भएको थियो । आज पनि म एउटा शब्द भन्छु, छिट्टै मन्त्री परिषदलेले पुर्णता पाउँछ । माथिबाट बाटो नखुलाईएकोले हामीले मन्त्री मण्डल बिस्तार गर्न नसकेको हो । बाँकी रहेको दुईवटा मन्त्रालयको जुनसुकै बेला भोली-पर्सी नै नियुक्त गर्न सकिन्छ । यदी संघबाट बाटो खुलेन भनेपनि खाली रहेका मन्त्रालयहरुमा छिट्टै मन्त्री नियुक्त गर्ने काम हुन्छ ।

प्रदेश राजधानीको बिषय टुङ्ग्याउनु भयो, अब प्रदेशको नाम कहिलेसम्म टुङ्ग्याउनुहुन्छ ?
मेरो चाहना अनुसारको सहजकर्ताको रुपमा केही असहजताका बिच राजधानीको बिषय टुङ्गो लगायौँ । नामको बिषय पनि सहमतीबाट टुङ्गो लगाउने हाम्रो शैद्धान्तिक सहमती छ । सबै दलहरुको बिचमा माईन्युटमा नै राजधानीको बिषय टुङ्गो लगाएर नाम पछि टुङ्ग्याउने दलहरु बिच सहमती भएको हो । अबको प्रदेश सभाको बैठकमा प्रदेशको नामले प्रबेश पाउँछ । म मुख्यमन्त्रीको हैसियतले सहजकर्ताको रुपमा सहमतीको प्रयास गर्ने छुु । अब चाँडै यो बिषय टुङ्ग्याउनु पर्छ । (क्रमश ..बाँकी अर्कोमा )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्