साग खेलकुदमा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दायर

<span class='c1'>साग खेलकुदमा पत्रकार कुट्ने</span> <span class='c2'>प्रहरीविरुद्ध मुद्दा दायर</span>

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना खेल पत्रकारलाई कुटपिट गर्ने प्रहरीलाई सजायको माग गर्दै मुद्दा दायर गरेको हो । गत मङ्सिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई दशरथ रंगशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटपिट गरेको थियो ।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागार्इंले दमनमा उत्रेका प्रहरीविरुद्ध कुटपिट मुद्दा दर्ता गर्नुभएको हो । मुलुकी अपराध संहितामा कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही माग मुद्दामा गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्