विराटनगर । विराटनगर मुनालपथमा रहेको तोदी भवनमा बुधबार शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सहयोग प्रदान गरिएको छ । केदारमल तोदी निजी ट्रष्ट र सि.बि.आर. विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको हो । 
तोदी भवनका संस्थापक केदारमल तोदीका तर्फका तर्फबाट ४ लाख रुपैयाँ आर्थिक रुपमा सि.बि. आर.लाई प्राविधिक सहयोगका लागि उपलब्ध गराएको हो । सहयोग सामाग्रीमा ह्वीलचियर, बैशाखी, कृतिम खुट्टा, चप्पल, हेल्प चियर लगायतका सामाग्री सहयोग गरिएको हो ।
कार्यक्रममा प्रदेश १ र २ का २९जना अपाङ्गता भएका व्यक्तिले सहयोग सामाग्री प्राप्त गरे । सन् १९९० मा स्थापना भएको सि.बि.आर.ले स्थापना कालदेखि असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पु¥याउदै आएको छ ।