नेपाल फोटो पत्रकार महासंघको महाधिवेशन विराटनगरम शुरु, महिलाको सहभागीता न्युन

नेपाल फोटो पत्रकार महासंघको महाधिवेशन विराटनगरम शुरु, महिलाको सहभागीता न्युन

विराटनगर । नेपाल फोटो पत्रकार महासंघको प्रथम हेतिहासिक केन्द्रिय महाधिवेश विराटनगरमा शुरु भएको छ, । विराटनगरको अतिथी सदनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महाधिबेशनको उद्घाटन गरे । फोटो पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल फोटो पत्रकार महासंघको पहिलो ऐतिहाँसिक महाधिबेशनमा सहभागि हुनका लागि देशभरबाट फोटो पत्रकारिता गर्दै आएका पत्रकारहरुको उपस्थिती रहेको छ ।
महाधिवेशमा ५० बढी जिल्लाका १ सय ५० भन्दा बढीको संख्यामा प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिती रहेको छ । महाधिबेशनमा मुख्यमन्त्री राईले फोटो खिचेर उद्घाटन सत्रलाई औपचारिकता दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले फोटो पत्रकारिता जस्तो जटिल काम गरेर नागरिकलाई सुशुचित गराउने सबै पत्रकारहरुको प्रशंसा गरे । उनले अहिले पनि पत्रकारिता क्षेत्र अन्त्यन्त कठिन, संबेदनशिल र चुनौतीपुर्ण रहेको औल्याए । उनले प्रदेश १ को भ्रमण बर्ष नजिकिँदै जाँदा भएको पत्रकारहरुको महाधिबेशनले प्रदेश १ को पर्यटकीय क्षेत्र चिनाउने काम समते गर्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले पत्रकारको एउटा फोटोले संसार हल्लाएका उदाहरण प्रस्तुत गर्दै पत्रकारिता भित्रको फोटो पत्रकारिता शक्तिशाली बिधा भएको ब्याख्या गरे । समाजलाई सही दिशा निर्देश गर्ने काम फोटो पत्रकारिताको माध्यामलाई अघि सारिनु पर्ने उनको तर्क छ । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकारिता भित्र पनि बिकृती रहेको आरोप लगाए । पत्रकारिता स्वच्छ पत्रकारिता भन्दा पनि बिकृती तर्फ गएको हो की भन्ने उनको भनाई छ ।
बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफु पहिलाको पत्रकार भएकोले पत्रकारको भावना, पीडा र भित्री समस्या आफुले पनि भोगेको अनुभव सुनाए । नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे लगायतले नेपाली पत्रकारीता भित्र फोटो पत्रकारिता तथ्यपरक पत्रकारिता रहेको बताए ।
यसैबिच नेपाली पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका दुईजना श्रष्टालाई नेपाल फोटो पत्रकार महासंघले पुरस्कृत गरेको छ । विराटनगरका पत्रकार मोहन भण्डारी र धरानका पत्रकार हर्ष सुब्बालाई नगद २१ हजार सहित सम्मान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुबै पत्रकारलाई नगद सहित सम्मानित गरेका हुन् ।

महिलाको सहभागीता न्युन
डेढ सय जना भन्दा बढीको प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा महिलाको संख्या भने निक्कै कम देखिन्थ्यो । फोटो पत्रकारीतामा महिलाकाmे संख्या न्युन रहेको हुनसक्ने कतिपयले आँकलन गरेका छन् । महाधिवेशनमा महिला प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थितिलाई औँला गन्न सकिने अबस्था थियो । बढीमा ५ जना महिला महाधिबेशनमा सहभागी भएको एक सहभागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्