बिराटनगरमा एमपीएल : सबै खेल रोमान्चक हुदै , मेयर पराजुली पुगे खेल हेर्न

बिराटनगरमा एमपीएल : सबै खेल रोमान्चक हुदै , मेयर पराजुली पुगे खेल हेर्न

बिराटनगर पुष ४ , 

नेपाल अग्रवाल युवा मञ्चद्वारा आयोजना भईरहेको मारवाडी प्रीमियर लीगमा दोस्रो दिन तीनवटा खेलहरु सम्पन्न भएका छन्। पहिलो खेलमा परशुराम वारियर्सले डाइनामिक च्यालेन्जरस  माथि सजिलै जित हात परेको थियो । निर्धारित परशुरामले २ विकट मात्रै गुमाएर १०७ रनको लक्ष्य दिएकोमा ३४ रनले डाइनामिकलाई पराजित गर्यो ।

उक्त म्याचको म्यान अफ दि म्याच देवेन्द्र शर्मा घोषित भए। दोस्रो खेलमा हुलासको टिमलाई प्रिमियरको टिमले जितेको छ जसमा हुलासले ४८ रनको लक्ष्य दिएको थियो र प्रिमियरले ८ विकेटले विजय प्राप्त गरेको छ। उक्त खेलकाे म्यान अफ दि म्याच हरिष बाहेती भएका थिए।

आजै भएको तेश्रो निकै रोमाञ्चक खेलमा म्याजिक स्टिकर्सले परशुराम वारियर्स माथि विजय प्राप्त गरेको छ। जसमा परशुरामले ७ विकेट गुमाई ७७रनको लक्ष्य दिएको म्याजिकको टिमले सजिलै ८ विकेटले विजय प्राप्त गरेको थियो । उक्त खेलका म्यान अफ दि म्याच सुभम अग्रवाल भए । निकै सौहार्द र मैत्रीपूर्ण वातावरणमा सञ्चालन भईरहेको मारवाडी प्रीमियर लिगको दोस्रो दिन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको विशेष उपस्थिति रहेको कार्यक्रमका प्रमुख संयोजक अभिषेक केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्