पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज दुई खेल हुँदै

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज दुई खेल हुँदै

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लास्टर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे पोखरा र वुटबल भिड्नेछन् । डिफेन्डिङ च्याम्पियन पोखराले खेलेको तीन खेल मध्ये एउटामा मात्रै जीत हासिल गरेको छ । पोखरा अंक तालिकाको चौथो स्थानमा छ ।

पहिलो खेलमा काठमाडौं गोल्डेनलाई हराएको साविक विजेता दोस्रो खेलमा चितवनसंग पराजित हुन पुगेको थियो । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ । बुटवलले सुपर ओभरमा काठमाडौँविरुद्ध पहिलो जीत हासिल गरेको थियो । त्यसैले अघिल्लो चरणको यात्रा तय गर्न बुटवललाई समेत जित महत्वपुर्ण छ ।

अर्को खेलमा दिउँसो सवा १ बजे धनगढी ब्लुज र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।

चितवन दुवै खेल जित्दै तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा विराटनगरमाथि रोमाञ्चक जित दर्ता गरेको धनगढी दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको शतकसँगै काठमाडौंसँग पराजित भएको थियो । अघिल्लो चरणमा पुग्न धनगढीलाई जित निकाल्नै पर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्