चिसो बढेपछि विराटनगरमा जिल्ला विपद् ब्यवस्थापन समितिको आकस्मिक बैठक

चिसो बढेपछि  विराटनगरमा जिल्ला विपद् ब्यवस्थापन समितिको आकस्मिक बैठक

विराटनगर ।  बढ्दै गएको चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ भुजेलले शीतलहरले विशेषगरी तराईका जिल्लाहरुमा बढी असर गर्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक पर्ने कम्बल, दाउरा र चिकित्सक उपलब्ध गराउने जानकारी दिए ।

मोरङका सबै स्थानीय तहका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घ, विराट व्यापार सङ्घ, कोशी अस्पतालका चिकित्सक, जिल्ला वन कार्यालयका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र विपद्मा राहतका काम गर्ने सबै निकायको सहयोग लिएर शीतलहर प्रभावित क्षेत्रमा जनसेवाको काम गर्ने बैठकमा निर्णय भएको छ ।

खासगरी शीतलहरबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि आकस्मिक बैठक बसेको हो । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले आजदेखि प्रहरीको सक्रियतामा जिल्ला भरीमा १८२ स्थानमा आगो बाल्ने काम भएको भन्दै यो कार्य शीतलहर हुन्जेलसम्म निरन्तरता दिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्