भिजिट नेपालको विराटनगरमा हुने उद्घाटनलाई सफल पार्न यस्तो अभियान

भिजिट नेपालको विराटनगरमा हुने उद्घाटनलाई सफल पार्न यस्तो अभियान

विराटनगर । भिजिट नेपाल २०२० लाई सफल बनाउन गठित पर्यटन प्रवद्र्धन समितिले शुक्रबार पनि बिभिन्न सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेको छ । प्रदेश १, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भएको छलफलमा जनवरी १ तारिखमा हुने भिजिट नेपाल २०२० को उद्घाटनलाई भब्य बनाउने बारेमा छलफल भएको हो ।
भिजिट नेपाल २०२० को उद्धघाटन समारोहलाई भव्य बनाउन सरोकारवाला निकायले कस्तो भुमिका खेल्न सक्छन् भन्ने बारेमा समेत छलफल भएको समारोह समितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।
छलफलमा प्रदेश १ का सांसद, विषयगत समितिका पदाधिकारी, विद्यार्थी लगायत यातायात व्यवसायीहरुसाग छुट्टाछुट्टै छलफल भएको हो । मुल समारोह ब्यवस्थापन समितिका संयोजक अधिकारी सहित मन्त्रालयका सचिव सञ्जिव कुमार राई र प्रचारप्रसार उपसमिति संयोजक पुण्यप्रसाद भट्टराईको उपस्थितिमा छलफल भएको थियो ।
छलफलमा हरेक जिल्लामा पर्यटन वर्ष केन्द्रित गतिबिधि गराउन पहल गराउन सांसदले भुमिका खेल्नु पर्ने तथा प्रचार प्रसारमा केन्द्रीत हुनु पर्ने बारेमा समेत छलफल भएको अधिकारीले बताए ।
यस्तै विद्यार्थी संगठनका पदाधिकारी सँग विद्यार्थी र अभिभावकलाई पर्यटन वर्षका विषयमा प्रचार गर्ने र उद्धघाटन सँगै बिभिन्न समयमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा सहभागिता जनाउने निर्णय भएको छ ।
नेपाल भ्रमण वर्षमा प्रदेश नम्बर १ ले मात्रै पाँच लाख पर्यटक आफ्नो प्रदेशमा ल्याउने उदेश्य राखेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले जानकारी दिए । त्यसको भब्य उद्घाटनका लागि तयारी बैठकहरु नियमित बस्दै आएको र सबैलाई उद्घाटन कार्यक्रममा सहभागीताको लागि अुनरोध गरिएको मन्त्री कुसियैतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्