राती बिराटनगरको बरगाछीमा भारतीय कार दुर्घटना, चारजनाको अबस्था गम्भीर

राती बिराटनगरको बरगाछीमा भारतीय कार दुर्घटना, चारजनाको अबस्था गम्भीर

[caption id="attachment_102037" align="alignnone" width="800"] एपी २६ बिई १२९३ नम्बरको दुर्घटना भएको कार । तस्बीर : अर्जुन आचार्य, पत्रकार[/caption]

विराटनगर । विराटनगरमा शुक्रवार राती साँढे १० बजे भारतीय गाडी दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्सले बनाएको छाता जस्तो संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्टिएको छ। प्रत्यक्षदर्शी बिराटनगरका पत्रकार अर्जुन आचार्यले दिएको जानकारी अनुसार दुर्घटनामा ४ जना घाईते भएका छन् । गम्भीर अबस्थामा रहेको घाईतेहरुको प्रहरी र स्थानीयले उद्दार गरेका छन् । एपी२६ बिई १२९३ नम्बरको कार दुर्घटना भएको हो । घटना बारे थप बिवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्