बिराटनगरमा संञ्चलन भईरहेको जुत्ता चप्पल मेलामा ग्राहकको भिड बढ्दै

<span class='c1'>बिराटनगरमा संञ्चलन भईरहेको जुत्ता चप्पल</span> <span class='c2'>मेलामा ग्राहकको भिड बढ्दै</span>

विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो ।

घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यले बताए ।

नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।
मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने आयोजकको भनाई छ।

मेलामा जुत्ता चप्पल खरिद गर्न आउनेहरुलाई १५ देखी ६० प्रतिशतसम्म छुटको व्यावस्था गरिएको छ ।मेलामा स्पोर्टस देखि क्याजुयल, पार्टी वयेर अफिसियल र स्कुल कलेजका विद्यार्थीहरुका लागी समेत सबैमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्