विराटनगरको बिकेभिएम स्कुलले जित्यो जेसिस क्विजको २४ औं संस्करण

विराटनगरको बिकेभिएम स्कुलले जित्यो जेसिस क्विजको २४ औं संस्करण

बिराटनगर पुष ५ , विराटनगरमा सम्पन्न भएको अन्तरविद्यालयस्तरीय जेसिस क्विजको २४ औं संस्करणको उपाधि विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जित्न सफल भएको छ।

बिराटनगरको बिरेन्द्र सभा ग्रहमा सम्पन्न फाइनलमा प्रतिस्पर्दामा बिकेभिएम स्कुलले  शहिद स्मृति विद्यालय र आदर्श विद्यालयलाई पराजित गरेको थियो।

प्रतियोगिताको दोस्रो स्थानमा तरहराको शहिद स्मृति विद्यालय र तेस्रो स्थानमा आदर्श विद्यालय सफल भएको थियो। बिजेता टिम बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलका कक्षा १० का सुजन निरौला, सार्थक पोखरेल, ओम नेपाल, रुबन रेग्मी र विद्या मण्डल थिए।

 

जित हात पारेको बिकेभिएमले ३० हजार, दोस्रो शहिद स्मृतिले २० हजार र तेस्रो स्थानमा रहेको आर्दशले १० हजार रुपैयाँ नगद प्राप्त गरेको आयोजक जेसिसका पूर्व अध्यक्ष एवं प्रतियोगिताका संयोजक रमित श्रेष्ठले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्