सिँगिया खोलो सरसफाई अभियानको दोश्रो दिन, विराटनगरवासी चिसोमा पनि उर्लिए

सिँगिया खोलो सरसफाई अभियानको दोश्रो दिन, विराटनगरवासी  चिसोमा पनि उर्लिए

विराटनगर । शनिवार बिहान अरु दिन भन्दा निक्कै चिसो थियो । तराईका जिल्लामा पछिल्लो केही दिनदेखि अत्याधिक चिसो बढेकोछ । पुस महिनाको पहिलो हप्ता मात्र जाँदै गरेकोले तराईमा चिसोसँगै हुस्सु पनि लागेको थियो । यो चिसो झण्डै माघ अन्तिमसम्म नै जान्छ । यो मौसम अत्याधिक जाडो हुने भएकोले सर्बसाधारणलाई निस्कन निक्कै कठिन नै हुन्छ । तर शनिवार बिहान करिब ७ बजे बिराटनगरको नोबेल डेरी चोकमा सर्बसाधारण जम्मा हुँदैथिए । बाहिर हुस्सु लागेको कारण सर्बसाधारणको उपस्थिती पातलो थियो ।एकैछिन् पछि नेपाली शेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरी सहितको बिभिन्न संघ संस्था समुहहरु सहित बिराटनगर महानगरपालिकाका नागरिक सहित कटहरी गाउँपालिकाका सर्बसाधारणको पनि सहभागीता बढ््दो थियो । जाडोका बिचमा पनि सर्बसाधारणको उत्साहमा कमी थिएन । यहाँ जम्मा भएका सबै सर्बसाधारण सिँगिया खोलो सरसफाई अभियानको क्रममा थिए ।
नोबेल चोकमाजम्मा भएको सर्बसाधारणको भिड सिँगिया खोलो तर्फ लाग्यो । गत मंसिर २२ गते बिराटनगरको पुष्पलाल चोकको घिनाघाट पुलबाट शुरु भएको खोलो सरसफाई अभियानको शनिवार दोश्रो दिन सबै जम्मा भएर खोलामा पसेका हुन् ।पहिलो दिनमा जसरी सेल्फी खिच्ने र रमिता हेर्नेको भिड देखिएको थियो, त्यस्तो अबस्था शनिवार निक्कै कम थियो । दोश्रो दिनको अभियानमा भने सबै खोलामा पसेर सरसफाईमा लागेको देखिन्थे । सरसफाईमा आम सर्बसाधारणको उपस्थिती त थियो नै त्यसमा हौसला बढाउनको लागि खोला मै डोको र कोदालो बोकेर पुग्नेको अग्रपंक्तिमा थिए, प्रदेश १ का सामाविक विकास मन्त्री जीवन घिमिरे । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई सहित उद्योग पर्यटन वन तथा वातावरण संसदीय समितिका सभापति सीता थेवे, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतत लगायतलाई सँगै साथ दिएका थिए विराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष उद्धव अर्याल, १९ का अध्यक्ष बद्रीनारायण सरदार लगायत कटहरी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कपुरलाल माझी र वडा नम्बर २ का किशोर पाण्डेले ।जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा बिभिन्न समुहरुको साथमा सरसफाई अभियानको दोश्रो दिनको अभियान चिसो मौसमका बिचमा पानीमा पसेर सिँगिया खोला सफा गरिएको हो ।
नदी तथा सार्बजनिक स्थल सरसफाईको अभियानमा काम गर्नू पर्छ भन्ने उदेश्यले यो अभियान शुरु भएको सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राईले जानकारी दिए । उनका अनुसार यो अभियानमा बिराटनगर महानगरपालिका सहित ५ वटा पालिका, बुढीगंगा, कटहरी, जहदा र ग्रामथान गाउँपालिकासँग सहकार्य गरेर आम नागरिकको स्वास्थ्य र सरसफाईको अभियान थालिएको हो ।
अहिले खोलामा सरसफाई अभियान संचालन गरि रहँदा अझै धेरै काम गर्न बाँकी रहेको महसुस भएको सचिव राईले बताए । पहिलो प्राथमिकता खोलामा फोहोर आउनै नदिने तर्फ ध्यान केन्द्रीत हुनु पर्ने भएकोले त्यस तर्फ पनि मन्त्रालयको ध्यानाकर्षण भएको राईको भनाई छ ।अभियानमा लागेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आब्हान गरिए बमोजिम भब्य रुपमा नागरिकको साथ र सहयोगमा दोश्रो दिनको अभियान सफल भएको दाबी गरे । यो पुसको जाडोमा पनि असजताका बिचमा सरसफाई गर्न आउनुले नागरिकमा सरसफाई अभियानमा लाग्नु पर्छ भन्ने भित्रै देखिको भावना आएको बताए । पुस र माघको अत्याधिक चिसोका कारण सरसफाई अभियानमा असर गर्ने भएकोले अब तेश्रो दिनको अभियान माघ १८ गते ब्यापक जन सहभागीतामा गरिने मन्त्री घिमिरेले जानकारी दिए ।
सरसफाई भएको ठाउँमा फोहोर हुन नदिनका लागि टोल समुह र संगठनहरु बनाएर अनुगमनको काम पनि भईरहेको मन्त्री घिमिरेको भनाई छ । फोहोर गर्न नदिने र खबरदारी गर्ने यदी कसैले फोहोर गरेको पाईएमा कार्वाही समेत गर्ने स्थानीय सरकार र प्रदेश सरकारको तयारी छ । सम्बन्धित पालिकाका सर्बसाधारणको सेवा सुबिधा समेत रोकिने गरी अभियान शुरु भएको पालिकाहरुले बताएका छन् ।यी संघ संस्थाको खोलामा संलग्नता
दोश्रो दिनको अभियानमा बिभिन्न सामाजिक क्षेत्रका संघ संस्थाहरुको सहभागीता रहेको छ । नेपाली शेना सुर्यदल गण थलाहा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, परोपरकार अभियान समुह, परिवर्तनकालागि हातेमालो, लायन्स क्लब, मानव सहयोगी हातहरुले सरसफाईमा साथ दिएका छन् । त्यस्तै रिचमण्ड फेलोसिप, आदर्श युवा क्लब, जेएम युवा क्लब, गैसस महासंघ, नवज्योती सुधार गृह, पुष्पलाल चोक अभियान सहयोग समिति, परोपरकार अभियान सहयोग समिति, हनुमान मन्दिर अभियान सहयोग समिति पनि सरसफाईमा लागेका छन् ।
त्यस्तै सिँगिया खोलो सरसफाईका लागि टोल विकास संस्थाहरु, बिश्रान्ती अभियान सहयोग समिति, मधुमारा अभियान सहयोग समिति, आदर्शटोल कटहरी २ सहयोग समिति, महेशपुर अभियान समिति कटहरी १ , खोटाङ सामुदायिक सेवा समाज र मैथिली विकास अभियान लगायतका दुई दजैन बढी संघ संस्थाहरु सरसफाई अभियानमा जुटेका हुन् ।
शनिवार बिहान बिराटनगको नोबेल डेरी पुर्बबाट शुरु भएको सरसफाई अभियान परोपकार घाटसम्म पुगेर रोकिएको छ । पहिलो चरणको सरसफाई अभियान गत मंसिर २२ गते एक कार्यक्रमको आयोजना गरि बाजागाजा सहित पुजापाठ गरेर शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्