पिपिएल : काठमाडौंले विराटनगरलाई ३६ रनले हरायो

पिपिएल : काठमाडौंले विराटनगरलाई ३६ रनले हरायो

काठमाडौं, पुस ५ गते । पोखरा प्रिमियर लिगमा काठमाडौं गोल्डेन वरियर्सले बिराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । प्रिमियर लिगमा काठमाडौंको चार खेलमा लगातार यो दोस्रो जित हो । तीन खेलमध्ये पहिलोमा हार बेहोरेको बिराटनगरले दोस्रो खेल जितेपनि तेस्रोमा फेरी हार बेहोरेको हो ।
पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौंले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउँदै बिराटनगर १९.४ ओभरमा मात्र १२३ रनमा समेटिन पुग्यो । औसत योगफल पछ्याएको बिराटनगरले ४१ रनमै छ विकेट गुमाएपछि उसको जितको सम्भावना टरेको थियो । यद्दपी आठौं नम्बरमा अउनुभएका पुनित मेहराले अद्र्धशतकीय पारी खेलेर उत्कृष्ट ब्याटिङ्ग गरेपनि लक्ष्य टाढा भएको थियो । सातौं नम्बरमा अफगानिस्तानका नोमन खानले २५ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटको लागि ७९ रनको साझेदारी गर्नुभयो । कप्तान प्रदीपसिंह ऐरीले २९ रन बनाउनुभयो । ओपनर सबिन धमला र मोहम्मद जाएद आलम बिराटनगरको योगफल ४ रन हुँदा पेभेलियन फर्किनुभयो ।
काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक तीन विकेट लिनुभयो । अमर रौटेला र बसन्त रेग्मीले सामान दुई दुई तथा सुशन भारी र अमृत भट्टराईले एक एक विकेट बाँड्नुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको काठमाडौंले खाता नखोल्दै गौरव तोमारको रुपमा पहिलो विकेट गुमाउन पुग्दा दबाबमा आएको थियो । तर जयकृष्ण कोल्सावाले सम्हालिएको प्रदर्शन गर्दै ४३ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रनको पारी खेलेर काठमाडौंलाई राहत दिनुभयो । मध्यक्रममा कप्तान ज्ञानेन्द्र मल्लले ३३ बलमा ४५ रनको पारी खेलेर ‘स्लगिस’ ओभरमा काठमाडौंको पारी उकास्नुभयो । आदिल खानले १३ तथा पवन सर्राफ पाँच रन बनाएर अविजित रहनुभयो । सुबोध भाटी १४ रन बनाएर पेभेलियन फर्किदा अमित श्रेष्ठले १७ रनको योगदान दिनुभयो ।
बिराटनगरका लागि किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले सामान एक एक तथा पुनित मेहराले दुई विकेट लिनुभयो । काठमाडौंका जयकृष्ण कोल्सावाल खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।
तीन खेलमा तीनैमा जित हात पारेको काठमाडौं छ अङ्कसहित अङ्कतालिकाको शिर्षस्थानमा छ । काठमाडौं र बुटबलले चारमध्ये दुईमा जित र दुईमा हार बेहोरेर दोस्रो तथा तेस्रो स्थानमा छन् । तीन खेलमध्ये एउटामा मात्रै जित हात पारेको बिराटनगर चौथो र चार खेलमध्ये एकमा मात्रै जित हात पारेको पोखरा पाँचौं स्थानमा छन् । तीन खेल खेलेको धनगढीले एकमा मात्रै जित हात पार्न सकेको छ । ऊ पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्