प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन

प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन

विराटनगर । प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । विराटनगरमा सम्पन्न पहिलो साधारणसभाले मोरङका लक्ष्मण बुढाथोकीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रीदेवी चौधरी थरुनी(सुनसरी), सचिव तारा अधिकारी खनाल (झापा), सह सचिव टिकाबहादुर थोक्लेन (धनकुटा) , कोषाध्यक्ष ईमान तामाङ (ईलाम) सर्वसम्मतले चयन भएका छन् ।
सदस्यहरूमा बुद्धिलाल सरदार, सरिता देवी ठाकुर, रामकुमार राई, बिमला तामाङ, जानुका श्रेष्ठ, रामसिंह आले, गोरकी विश्वास र अबिराज राई चयन भएका छन । भेलामा प्रदेशका १२ जिल्लाका लघु उद्यमीहरूको सहभागिता थियो । समितिमा अनुपस्थित रहेका पाँचथर र ताप्लेजुङबाट एक एक जना मनोनयन गरिने नव निर्वाचित अध्यक्ष बुढाथोकीले बताए ।
यस्तै भेलाले तीन–तीन सदस्य सल्लाहकार र लेखा समिती चयन गरेको छ । सल्लाहकार समितिमा तुलसी अधिकारी, दुर्गादेवी दनुवार, तीला पोखरेल र लेखा समितीमा मीना भुजेल, निर्मला भण्डारी र सुमन कार्की रहेका छन । प्रदेश १ मा २४ हजार ५ सय भन्दा बढी लद्यमी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्