‘भ्रमण वर्ष २०२०’ प्रदेश १ मा भव्य उद्धघाटनको तयारी, पर्यटकलाई स्वागत गर्ने

‘भ्रमण वर्ष २०२०’  प्रदेश १ मा भव्य उद्धघाटनको तयारी, पर्यटकलाई स्वागत गर्ने

विराटनगर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश  कुसियतले प्रदेश १ मा भव्य रुपमा भ्रमण वर्ष २०२० को उद्धघाटन हुने बताएका छन् । जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा आयोजना हुने उद्धघाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरुपमा लागेको उनको भनाई छ ।

शनिबार विराटनगरमा बसेको प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकमा मन्त्री कुसियतले उद्धघाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बाँकी रहेका कामलाई समेत द्रुत गतिमा गर्न उपसमितिका पदाधिकारीलाई आग्रह गरे । ‘अब केही दिन मात्रै बाँकी छ, प्रदेश सरकार र समिति यसमानै जुटेको छ, उपसमितिका सबै आआफ्नो स्थानबाट सक्रिय रुपमा लाग्नुहोस,’ मन्त्री कुसियले आग्रह गरे ।

रंगशालामा हुने उद्धघाटन कार्यक्रममा १० हजार बढीको सहभागीता गरानुको साथै झाँकी प्रदर्शन र प्रदेश १ का सबै जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारको स्टल समेत राखिने मुल समारोह व्यवस्थापन उप समितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार कार्यक्रमको उद्धघाटन एयर बेलुनबाट भिजिट नेपाल २०२० को झण्डा फहराएर साथै हेलिकोप्टरबाट पुष्पबृष्टि गरेर गरिने तयारी भएको छ ।

उद्धघाटन पूर्व साइकल-मोटरसाइकल ¥याली, विभिन्न नाका र एयरपोर्टबाट आउने पर्यटकलाई स्वागत गर्ने समेत तयारी मुल समारोह व्यवस्थापन उप–समितिले गरेको छ । ‘रंगशालामा १० हजारका उपस्थितिमा मुख्यमन्त्री शेरधन राईले उद्धघाटन गर्नुहुनेछ, झाँकी प्रदर्शन सहित पर्यटन गीत प्रस्तुतीको पनि तयारी छ,’ अधिकारीले भने । प्रदेश १ लाई समेटेर सुमीत खड्काले पर्यटन गीत तयार गरिरहेका छन् ।

उद्धघाटन कार्यक्रम पुस १६ गते मध्यान्न १२ बजेबाट सुरु गर्ने समितिले जनाएको छ ।शनिबार प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक समेत रहेका मन्त्री कुसियतले उपसमिति संयोजकसँग उद्धघाटनलाई भव्य बनाउन हाल सम्म भएका प्रगतीका विषयमा समेत छलफल गरे ।

उप–समिति संयोजकहरुले आ–आफ्ना समितिले गरेका र अब बाँकी रहेका कामका बिषयमा जनाकारी दिएका थिए । भ्रमण वर्ष सफल बनाउन प्रदेश १ मा सबै जिल्लालाई समेटेर विभिन्न विषयगत १२ वटा उपसमिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्