विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोरमा ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको छ । प्रधानको घरमा रहेको कुखुराको खोरको जमिन मुनी एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको हो । पुर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त बिशेष सुचनाको आधारमा नेपाली सेनाको टोलीले एउटा हतियार सहित जमिन मुनीबाट गोली निकालेको हो ।
करिब ५ बर्ष अगाडि ढलाई गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालिन द्धन्द्धकालमा प्रयोग भएको गोली र हतियार भएको हुनसक्ने अनुमान गरिएको छ । धेरै बर्ष देखि उक्त ठाउमा खेमराज प्रधानले कुखुरा पालन गर्दै आएका थिए । प्ररम्भीक चरणमा प्रहरीले मुचुल्का उठाउदै यो कहिले र कस्ले जमिन मुनी राखेको भन्न नसकिए पनि अनुसन्धन बाट खुल्दै जाने सुनसरीका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।
शसस्त्र द्धन्द्धकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको गोली तिन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले जमिन मुनी राखिएको अबस्थामा भेटिएको थियो । नेपाली सेनाको बिशेष सक्रियतामा जमिन मुनिबाट निकालीएको उक्त गोलीलाई कानुनी प्रक्रिया अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।