विराटनगरको सिमा नाकामा राती प्रयोग हुन्छन् लागु औषध ओसारपसारमा बालबालिका

<span class='c1'>विराटनगरको सिमा नाकामा राती प्रयोग</span> <span class='c2'>हुन्छन् लागु औषध ओसारपसारमा बालबालिका</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ हुलास चोक स्थित दक्षिण गेटबाट मध्यरातमा आगु औषध सहित दुई बालक पक्राउ परेका छन् । यो घटना सार्बजनिक भएसँगै रातीको समयमा बालबालिका लागु औषध ओसार पासरमा संलग्न भएको घटना सार्बजनिक भएको हो । यस अघि बालबालिकालाई लागु औषध ओसार पसारमा प्रयोग हुने गरेको बिषय बालबालिकाहरुले ल्याउने गरेको भएपनि यसरी बालबालिका पक्राउ पर्ने क्रम भने बिरलै देखिएको थियो ।
मध्य रातमा भारतको जोगवनीबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा धरान ८ का दुई बालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । रातको समयमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले बालकहरुलाई देखेपछि सोधपुछका क्रममा उनीहरुको साथबाट लागुऔषध नियन्त्रणामा लिएको हो । प्रहरीले उनीहरको साथबाट २३ थान डाईजीपाम, २३ थान लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरुलाई ईलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्