विराटनगरमा ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न

विराटनगरमा ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न

विराटनगर । विराटनगर महानगर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न भएकोछ । विराटनगर महानगरपालिका भित्रका बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यले बिराटनगर नगर बालक्लव सञ्जालको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा विराटनगरका १९ वटै वडाबाट चयन भएका १९ टीमहरु बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताबाट छनौट भएका मध्ये वडा नम्बर १ वडा नम्बर ३ वडा नम्बर ४ वडा नम्बरं ८ वडा नम्बरं १० र वडा नम्बर ११ फाईनलमा प्रबेश गरेका थिए । ६ वटा टीमहरुबीच भएको प्रतिस्पधात्मक फाईनल खेलमा बिराटनगर ३ बाट प्रतिनिधित्व गर्ने टीम पोलस्टार सेकेण्डरी बोर्डिङ स्कूल प्रथम भएको छ ।
त्यसैगरीे बिराटनगर ११ बाट प्रतिनिधित्व गर्ने टीम बाल कल्याण बिद्या मन्दिर द्वितीय र बिराटनगर ८ बाट प्रतिनिधित्व गर्ने बाल्मिकी सेकेण्डरी बोडिङ स्कूल तेश्रो भएको बिराटनगर बालक्लब संजालले जनाएको छ । प्रतियोगितामा बिजयी टीमहरुलाई नगद, ट्रफि र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
बिराटनगर महानगरपालिका सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले उनीहरुलाई पुरस्कार बितरण गरेका थिएि ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष माधवराज वाग्ले, वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल, वडा नं ३ का वडा सदस्य कैलास भट्टराई बिराटनगर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली प्रसाद धिमाल सोहि शाखाका किरण न्यौपाने तथा छाया राई, नगर बालक्लव सञ्जालका पुर्व अध्यक्षहरु श्यामकृष्ण गुप्ता, प्रितम साह लगायतको उपस्थिती रहेको थियो ।
बिराटनगर नगरबालक्लव सञ्जालको आयोजनामा भएको प्रतियोगिता बिराटनगर महानगरपालिकाको आर्थिक सहयोग तथा मार्बेल टेक्नोप्लाष्ट प्रा.लि. हात्तिमुढाको प्रायोजकमा सम्पन्न भएको नगर बालक्लव सञ्जालकी अध्यक्ष प्रज्ञा गौतमले जानकारी दिईन् । कार्यक्रम संचालन नगर बालक्लब सञ्जालका सचिब सुवर्ण प्याकुरेलले गरे भने हाजिरीजवाफको संचालन श्यामकृष्ण गुप्ता, ओशन शर्मा, सुवर्ण प्याकुरेलले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्