भिजिट नेपाल २०२० को विराटनगरमा हुने उद्धघाटन समारोहलाई भव्य बनाउन बिद्यालयको साथ

<span class='c1'>भिजिट नेपाल २०२० को विराटनगरमा हुने</span> <span class='c2'>उद्धघाटन समारोहलाई भव्य बनाउन बिद्यालयको साथ</span>

विराटनगर । प्रदेश १ मा सामाजिक कार्यमा सक्रिय बिभिन्न संघ संस्थाले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रदेश १ मा गठित पर्यटन प्रवद्र्धन समितिले आइतबार विराटनगरमा गरेको छलफलमा स्काउट, हिसान, प्याप्सन, बिभिन्न शिक्षक संघ संगठन, जनजाती महाँसंघ सहित सगरमाथा टिन्स क्लबका प्रतिनिधिले सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

भिजिट नेपाल २०२० को उद्धघाटन समारोहलाई भव्य बनाउन ती संघ संस्थाहरुले व्यानर सहित सहभागिता जनाउनुको साथै वर्षभरी आ–आफ्ना स्थानबाट प्रचारप्रसार गर्न सहयोग गर्ने मुल समारोह व्यवस्थापन समिति संयोजक फणिन्द्र अधिकारीले बताए ।  मन्त्रालयका सचिव सञ्जिव कुमार राई सहित बिभिन्न उपसमितिका पदाधिकारी सहित भएको छलफलमा उपस्थित संघसंस्थाका प्रतिनिधिले आफ्नो संस्थाबाट गर्न सक्ने सबै कार्यमा कमि हुन नदिने बताए ।

कार्यक्रमको उद्धघाटन समय नजिकिएकाले सोमबारबाट अन्य व्यवस्थापनका विषयमा छलफल हुने अधिकारीको भनाई छ ।  पर्यटन वर्ष २०२० को प्रदेश नम्बर १ ले विराटनगर स्थित शहिद रंगशालामा उद्धघाटन गर्ने तयारी गरेको छ । उद्धघाटन कार्यक्रममानै ती संघ संस्थाबाट चार हजार बढीको सहभागिता रहने प्रतिनिधिहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्