विराटनगरमा टिन कलेज क्रिकेट लिग हुदै

विराटनगरमा टिन कलेज क्रिकेट लिग हुदै

विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्याम्पसको मैदानमा हुनेछ ।
प्रतियोगितामा विराटनगरका ८ वटा उच्च मा.वि ले भाग लिने छन् । प्रतियोगीहरुलाई दुई भागमा विभाजन गरिने क्लबका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘क’ मा कान्तिपुर राईनोज, अर्किड ड्रेभिलस्, भानु ब्लाष्टर, आदर्श सिक्सर र समूह ‘ख’ मा के. एम. सि. टाईगर्स, डि.ए. भि.थन्डर्स, मोर्डन रोयल्स र लर्ड बुद्ध लायन्स रहनेछन् । प्रतियोगिता विहान ९ बजे र दिउँसो १२ः३० गरी दैनिक दुई चरणमा खेल संचालन हुने श्रेष्ठको भनाई छ ।
प्रतियोगिताको उद्घाटन आगामी पौष ७ गते अन्तर्राष्ट्रय एम्पायर बुद्धि प्रधानको प्रमुख आतिथ्य र पूर्व अन्तराष्ट्रिय खेलाडी पारस लुनियाँको विशिष्ट अतिथ्यमा हुने श्रेष्ठले बताए । प्रतियोगितामा विराट मेडिकल कलेजको मुख्य प्रायोजन, विराटनगर महानगरपालिका प्रवद्र्धक, सञ्जिवनी अस्पताल र आई स्पोर्टस सह प्रायोजक, वेक अफ क्याफे र गोल्ड जिम सहयोगी रहने आयोजकले जनाएको छ । यस प्रतियोगिताको अनलाइन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्