शितलहरका कारण विराटनगर विमानस्थलको हवाई उडान अवतरण ठप्प

शितलहरका कारण विराटनगर विमानस्थलको हवाई उडान अवतरण  ठप्प

विराटनगर । शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो। हुस्सुका कारण विराटनगर विमानस्थलको भिजिविलिटी न्यून भएकाले आइतबार हवाई सेवा ठप्प भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबारदेखि सुरू भएको शितलहरका कारण विराटनगर विमानस्थलको हवाई सेवा प्रभावित हुँदै आएको थियो।

हरेक दिन दिउ“सो मात्रै विमानस्थल खुल्दै आएकोमा आइतबार सम्पूर्ण हवाई सेवा ठप्प भयो। विराटनगरबाट विभिन्न विमान कम्पनीहरूले दैनिक  उडान गर्दै आएका छन्। ‘बाक्लो हुस्सुले भिजीविलिटी कम भएका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा पूर्ण रुपमा ठप्प भयो’ सिटौलालले भने। दिनहुँ शितलहरका कारण जाडो बढ्दै जादा प्रदेश १ को राजधानी विराटनगरलगायत तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। हावापानी कार्यालय विराटनगरका अनुसार आइतबार विराटनगरको न्यूनतम तापक्रम ९.३ डिग्रीमा झरेको छ।त्यस्तै भद्रपुर विमानस्थलबाट पनि आइतबार कुनै उडान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्