लेटाङमा चिसाङ भ्याली क्लवको आयोजनामा फूटबल प्रतियोगिता आयोजना हुने

लेटाङमा चिसाङ भ्याली क्लवको आयोजनामा फूटबल प्रतियोगिता आयोजना हुने

भूमिका पाख्रिन

लेटाङ पुष ७ ,

मोरङको लेटाङ नगरपालिका रहेको चिसाङ भ्याली क्लवले आगामी पुस २५ गते बाट प्रदेश स्तरीय च्यालेन्ज कल पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस ११ गते बाट आयोजना गर्ने भनिए पनि प्राबिधिक तयारी पूरा नभएका कारण प्रतियोगिता २५ गते बाट संचालन गरिने आइतबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराइएको हो । माघ ३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा प्रदेश १ का ७ वटा र पाहुना टोली चर्च ब्वोइज काठमाडौं समेत गरि ८ टिमको सहभागिता हुने संस्थाका अध्यक्ष उर्गेन तामाङले बताए ।

प्रतियोगिताको बिजेता टिमले १ लाख पचास हजार नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यसैले गरि उपबिजेता टिमले ७५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द म्याचले नगद ३ हजार रुपैया नगद प्राप्त गर्नेछन् । लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा खेलाइने उक्त प्रतियोगिताको कुल अनुमानित बजेट १२ लाख रहेको आयोजकले जनाएको छ । स्थापना कालको छोटो समयमा उत्कृष्ट काम गर्दै आएको चिसाङ भ्याली क्लब खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक काममा समेत उत्तिकै सकृय रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्