पोखरा प्रिमियर लिग :पोखरा पल्टन लिग चरणबाटै बाहिर,विराटनगर टाइटान्स पाँचौं स्थानमा

पोखरा प्रिमियर लिग :पोखरा पल्टन लिग चरणबाटै बाहिर,विराटनगर टाइटान्स पाँचौं स्थानमा

पोखरा । साबिकको विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टीको लिग चरणबाटै बाहिरिएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा धनगढीसँग फराकिलो अन्तरले पराजित हुँदै बाहिरिएको छ ।

पोखरा रंगशालमा पोखराले दिएको ८० रनको सामान्य लक्ष्य पछा्एको धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाउँदै ८५ रन बनायो । धनगढीका लागि दीपक पुनियाले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्तै रोड्रिगो थोमसले १५ रन बनाउँदा कप्तान दीपेन्द्र ऐरीले १३ रनको योगदान गरे । धनगढीका शुभेन्दु पाण्डेले ११ रन बनाए ।

बलिङतर्फ पोखराका लागि प्रथामेस डाके र सर्वजित लड्डाले समान २ विकेट लिए । त्यस्तै ललित राजवंशीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बल खेल्दै अल आउट हुँदै ७९ रन बनाएको थियो । पोखराले दोस्रो ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ६ रन बनाएर आउट भए । उनी कमल ऐरीको बलमा सागर ढकालको हालबाट क्याच आउट भए । तेस्रो ओभरका पोखराले लगातार २ विकेट गुमायो । तेस्रो ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकर ४ रन बनाएर आउट भए । उनलाई दीपक पुनियाले बोल्ड आउट गराएका हुन् । यही ओभरको पाँचौं बलमा रविइन्दर सिंह आउट भए । उनलाई दीपकले नै क्याच आउट गराएका हुन् ।

पोखराका विनोद भण्डारी १२ रन बनाएर बोल्ड आउट भए । उनी ८ ओभरको पाँचौ बलमा अनिल खरेको हातबाट बोल्ड आउट भएका हुन् । ९ ओभरको दोस्रो बलमा कुशल मल्ल रन आउट भए । उनले २ रन जोडे ।
११ ओभरमा पोखराले लगातार २ विकेट गुमायो । पोखराका कृष्ण कार्की १ रनमै आउट भए । उनी सागर ढकालको बलमा दीपक पुनियाको हातबाट क्याच आउट भएका हुन् । सोही ओभरको अन्तिम बलमा रोहितकुमार पौडेल आउट भए । उनी सागको बलमा फ्रेडोस अन्सारीको हातबाट क्याच आउट भए ।

यो हारसँगै साबिकको विजेता समेत भएको पोखरा पल्टन लिग चरणबाटै बाहिरिएको छ । उता धनगढीको गणितीय सम्भावना मात्र बाँकी छ । ५ खेल खेलेको धनगढी २ जित र ३ हारसँगै अंक तालिकाको चौथो स्थानमा छ । ४ खेल खेलेको चितवन राइनोज ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान ४ खेल खेलेको बुटवल बलास्टर्स ३ जित र १ हारसँगै तालिकाको दोस्रो स्थानमा छ । काठमाडौं ४ अंकसहित तेस्रो स्थानमा छ । पाँचौं स्थानमा विराटनगर टाइटान्स छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार चितवन राइनोज र काठमाडौं गोल्डेन वारियर्स प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजे पोखरा रंगशालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्