विराटनगरमा ‘विराटनगर टीन कप कलेज क्रिकेट लिग’ सुरु उद्घाटन खेलमा २ कलेज विजयी

विराटनगरमा ‘विराटनगर टीन कप कलेज क्रिकेट लिग’ सुरु उद्घाटन खेलमा २ कलेज विजयी

विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा सोमबारबाट जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’ उदघाटन खेलमा २ वटा कलेजले विजय सुरुवात गरेका छन् ।


कान्तिपुर राइनोज बिरुद्ध भानु ब्लासटर्सको पहिलो खेलमा भानु ब्लासटर्सले टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो । भानु ब्लासटर्सले २० ओभरको समाप्तीमा ९ विकेटको क्षति मा १०४ बनाउन सफल भएको थियो । भानु ब्लासटर्सको तर्फ बाट बिरेन्द्र माझीले १६ रन र योगेश देवले ११ रन बनाएका थिए ।


भानु ब्लासटर्सको जम्मा २ जना खेलाडीले दुइ अंकको स्कोर बनाउन सफल भएका थिए । बलिङ तर्फ कान्तिपुर राइनोज का डिप्जल सिङले ३ विकेट र रुपेश खड्काले २ विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा कान्तिपुर राइनोजले १०५ को लक्ष्य १२.३ ओभरमा २ विकेट गुमाएर हासिल गर्यो ।


कान्तिपुर राइनोजको लागी नशिब यादवले १९ रन सुदिप भण्डारीले २५ रन र कृतन दुलालले अभिजित १८ रनको पारी खेले । सान्दार बलिङको लागि कान्तिपुर राइनोजका डिप्जल सिंह म्यान अफ दि म्याच घोसित भए । उनले ४ ओभरमा ७ रन खर्चेर १ म्याडन दिएर ३ विकेट लिएका थिए ।


त्यसै गरी हिजो भएको दोश्रो खेलमा मोडेर्न रोयल्स र डि ए भि ठन्डर्स बिच भएको थियो। उक्त म्याचमा मोडेर्न रोयल्सले टस जितेर पहिलो बल्लिङ रोजेको थियो । खराब मौसमको कारण खेल १८ ओभरमा घटाइएको थियो । ब्याटिङ्ग गर्न आएको डि ए भि ठन्डर्सले निर्धारीत १८ ओभरमा ९ विकेटको क्षति मा ९६ रनको योगफल जोडन सफल भएका थिए ।

 

डि ए भि ठन्डर्स बाट राज रोयले १७ रन र शिवम नन्दीले १२ रनको पारी खेलेका थिए । बलिङ तर्फ दिपक सुबेदी र सुगम थापा दुबै ले २ विकेट लिएका थिए । ९७ रनको योगफल मोडेर्न रोयल्स ले १५ ओभर मै हासिल गरेको थियो । मोडेर्न रोयल्सको लागि दीपेन्द्र दाहालले २३ रन र सौगत सङग्रौलाले २८ रनको पारी खेलेका थिए र शिवम नन्दीले २ विकेट लिएका थिए ।

विराटनगर टीन कप कलेज क्रिकेट लिगमा विराटनगरका ८ कलेज सहभागी छन । प्रतियोगिताको फाइनल पुष १३ गते हुनेछ । उद्घाटन खेलको अन्तराष्ट्रिय एम्पार बुद्धी प्रधान , पूर्व क्रिकेट खेलाडी पारस लुनियाले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्