विमल घर्तीमगरसहित चार खेलाडीको निलम्बन म्याद घटाइयो

विमल घर्तीमगरसहित चार खेलाडीको निलम्बन म्याद घटाइयो

काठमाडौं, पुस ८ गते ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को निलम्बनमा परेका चार खेलाडीले राहत पाएका छन् । खेलाडीले निलम्बनबारे अपील गरेकोमा एन्फाको अनुशासन समितिले निलम्बनको अवधि घटाएको छ ।
एन्फा अनुशासन समितिले मङ्सिर २७ गतेदेखि लागु हुने गरी अञ्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन तथा विमल घर्तीमगर र दिनेश राजवंशीलाई उक्त दिनदेखि नै लागु हुने गरी ९० दिनको लागि निलम्बन गरेको थियो । तर खेलाडीले अपील गरेपछि अनुशासन समितिको अर्को निर्णयले निलम्बन खुकुलो पारेको छ । नयाँ निर्णय बमोजिम अञ्जन विष्ट र सन्तोष तामाङ तथा विमल घर्तीमगर र दिनेश राजवंशीलाई कात्तिक ३० गतेदेखि लागु हुनेछ ।

अञ्जन र सन्तोषको निलम्बन पुस १५ गते फुकुवा हुनेछ । त्यसैगरी, विमल र दिनेशको निलम्बन माघ ३० मा फुकुवा हुनेछ । अञ्जन र सन्तोषले सहिद स्मारको दुई चरणको खेलहरु गुमाउनेछन् । यसअघि चारैजना खेलाडीले विश्वकप छनोटमा कुवेत विरुद्धको खेल र तेह्रौं दक्षिण एसियाली खेलकुद गुमाइसकेका छन् । चारैजनाको अनुपस्थितिमा पनि नेपालले कुवेत विरुद्ध उत्कृष्ट खेल्दाखेल्दै १–० को हार बेहोर्यो । सागमा भने नेपालले उपाधि जित्न सफल भयो ।नेपाली फुटबल टोली मङ्सिर ३ गते विश्वकप छनोटको लागि कुवेत विरुद्ध भिड्न भुटान प्रस्थान गर्ने तालिका रहेको थियो । प्रस्थानको अघिल्लो दिन चारैजना खेलाडी मध्यरातसम्म ठमेलमा देखिएपछि एन्फाले अनुशासनको कारबाही गर्दै भुटान जानबाट रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्