ग्रामिण बस्तीमा सुन्दरी प्रतियोगिता, रतुवामाईको पहिलो सुन्दरी बनिन् निश्मा श्रेष्ठ

ग्रामिण बस्तीमा सुन्दरी प्रतियोगिता, रतुवामाईको पहिलो सुन्दरी बनिन् निश्मा श्रेष्ठ

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका १० सोमबारेमा पहिलोपटक मिस रतुवामाई आयोजना गरिएको छ । प्रतियोगितामा मिस रतुवामाईमा १३ जना युवती प्रतिस्पर्धी थिए । प्रतिस्पर्धीलाई पछि पार्दै मिस रतुवामाईको उपाधी निश्मा श्रेष्ठले हात पारिन् । बिजेता श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको फस्ट रनरअप रेश्मा श्रेष्ठ भइन् । उनले नगद ३० हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा दोस्रो रनर अप भएकी रेसु कालिकोटेले २० हजार प्राप्त गरिन् । प्रतियोगितामा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे , मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाक दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा र मिस प्रश्नालिटीको उपाधि निश्मा श्रेष्ठले प्राप्त गरिन् ।
नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ठ, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवारले प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका थिए । सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा कातिक २३ गतेबाट प्रतियोगिता शुरु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुल रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राईले ग्रामिण क्षेत्रमा भएको सुन्दरी प्रतियोगिताको बारेमा चर्चा गर्दै यसले युवतीहरुलाई प्रतिस्पर्धी बनाउन सिकाउने उल्लेख गरे ।
कार्यक्रममा उपमेयर देवन्ता चुडाल, वडा अध्यक्ष बलवहादुर बस्नेत, राजेन्द्र कटुवाल , निर्मल भट्टराई, दिनेश कुुुमार विष्ट, बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा प्राचार्य लगायत संघ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्