विराटनगरको गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक हेर्न हरेक दिन हाउसफूल

विराटनगरको गुरुकुलमा ‘छिंडीभरिको आकाश’ नाटक हेर्न हरेक दिन हाउसफूल

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको ‘छिंडीभरिको आकाश’ नाटकमा हरेक दिन हाउसफूल हुने गरेको छ ।
विद्यार्थी दर्शकको चापका कारण आयोजकले भुइँमा गुन्द्री ओछ्याएर हेराउनुपर्ने बाध्यता सिर्जना भएको आयोजकको दाबी छ । हरेक शो मा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेरिरहेका छन् । गुरुकुलमा नाटकघरको सिट क्षमता २ सय २५ हो ।
वरिष्ठ साहित्यकार परशु प्रधानको कथामा आधारित छिँडीभरिको आकाश मंसिर २८ गतेदेखि मञ्चन भइरहेको छ । विद्यालय र क्याम्पसहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाउन ल्याउने गरेको आयोजक विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए ।
दुव्र्यसनले मानिसलाई कुन अवस्थासम्म पु¥याउँछ भन्ने सन्देशमूलक नाटकको नाट्य रुपान्तरण र निर्देशनको काम पनि कट्वालले गरेका छन् । ग्रामीण र सहरिया जीवनलाई सशक्त रुपमा उठान गरिएको नाटक मानिसलाई सही मार्गमा लाग्न प्रेरित गर्ने खालको भएकाले पनि दर्शकको चाप बढेको पत्रकारसमेत रहेका आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितको भनाइ छ ।
गत मंसिर २८ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नाटक मञ्चनको उद्घाटन गरेका थिए । नाटक हेर्नका लागि विराटनगर मात्र नभई रंगेली, इटहरी, टंकीसिनवारी लगायतका विद्यालय र कलेजले समेत अग्रिम बुकिङ गरेर विद्यार्थीलाई नाटक देखाउन ल्याउने गरेको नवोदितले जानकारी दिए ।
हालसम्म ५० वटाभन्दा बढी विद्यालय र कलेजका विद्यार्थीले नाटक हेरिसकेका छन् ।
नाटक पुस १४ गतेसम्म मञ्चन हुने आयोजकले जनाएको छ । नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काब्रा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेको छ ।
समाजसेवी विश्वकान्त दाहालले सहयोगीको भूमिका निर्वाह गरेका छन् भने मोरङ हिसान र प्याब्सन विराटनगरसँग सहकार्य रहेको छ । नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय रहेको छ । व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य छन् । मञ्चले यो नाटक यसअघि पनि आरोहण गुरुकुलमा दुईपटक मञ्चन गरिसकेको छ । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटकसमेत मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्