भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने

भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने

माेरङ। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा धनकुटाको पर्यटकीयस्थल भेडेटारमा फुड फेष्टिवलको आयोजना हुने भएको छ। भेडेटार होटल एसोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले डिसेम्बर ३१ बाट तीन दिनसम्म भेडेटारमा फुड फेष्टिवल हुने बताएकाछन्। आठौं भेडेटार फुड फेष्टिवल आन्तरिक तथा वाह्य पयर्टकलाई खानाको परिकारको विषयमा जानकारी गराउने उद्देश्यमा हुन लागेको अध्यक्ष राईले जानकारी दिए।

फुड फेष्टिवलको अवसरमा भेडेटारमा बास बस्नका लागि पुग्ने पर्यटकलाई १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको राईले बताए। विगत वर्षहरुझै फेष्टिवलका क्रममा स्टलहरुमा विभिन्न जातजातीको खानाको परिकार रहने बताएका राईले भने, ‘यस पटक पनि हामी राई, लिम्बू, गुरुङ, मगर, लगायत १० जातको खानालाई मेन्युका रुपमा सार्दैछौँ।’

आयोजकले स्थानीय खानाको परिकारबाट तीन दिनमा करिब १ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ। प्रदेश एकको रमणीय र पर्यटकीयस्थलका रुपमा भेडेटार चर्चित रहेको छ। यहाँका ५० वटा होटलमा ४ सय कोठा रहेका छन्। भेडेटारसँगै साँगुरीगढी डाँडा, ध्वजे डाँडा, नाम्जेस्थित आत्माघर, ओख्रे भ्युटावर, जेफाले डाँडा आन्तरिक पर्यटकका लागि आकर्षकको स्थान रहेका छन्। त्यसैगरि भेडेटारबाट नीजि क्षेत्रको पहलमा हेलि राईडको समेत व्यवस्था गरिएको छ।

सो क्रममा भेडेटारबाट ताप्लेजुङ पाथिभरा मन्दिर, खोटाङको हलेसी मन्दिर तथा करिब १० मिनेटको उडान लागि तराईको दृष्यावलोकन गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्