विराटनगरमा टीन कप कलेज क्रिकेट: कान्तिपुर र कोशी बिजयी

विराटनगरमा टीन कप कलेज क्रिकेट: कान्तिपुर र कोशी बिजयी

विराटनगर । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा जारी ‘विराटनगर टीन कप कलेज क्रिकेट लिगको ’  खेलमा कान्तिपुर कलेज र कोशी कलेज बिजयी भएका छन् ।

कान्तिपुर राइनोज बिरुद्ध अर्किड डेरदेवाल्सको पहिलो खेलमा कान्तिपुर राइनोजको ९६ रनको लक्ष्य पछ्याउने क्रममा अर्किड ८६ रनमा सिमित भएको थियो ।

कान्तिपुर राइनोजकोको तर्फ बाट दिपजल सिंहले ४ विकेट लिएर जित दिलाएका थिए  । उनि खेलको म्यान अफ दि म्याच पनि बने ।

अर्को खेलमा , कोशी टाइगरले लर्डबुद्ध लायन्सलाइ हराएको छ । पहिलो ब्याटिंग गरेको लर्डबुद्धले १६ ओवरमा अलआउट हुदै ६१ रन मात्रै बनाउन सकेको थियो । लर्डबुद्धका लागि बिद्यानन्द मण्डलले सर्वाधिक १५ रन हानेका थिए । कोशीले उक्त लक्ष्य ६.२ ओवरमा ३ विकेट गुमाएर प्राप्त गरेको थियो जसमा कोशीका कालिचरण यादवले सर्वाधिक २४ रन हानेका थिए ।  खेलको म्यान अफ दि म्याच कोशीका श्रवन किशु घोषित भए उनले ३ विकेट लिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्