सस्तोमा जुत्ता चप्पल पाएपछि बिराटनगरमा भारतीय ग्राहक पनि आउने क्रम बढ्यो

सस्तोमा जुत्ता चप्पल पाएपछि बिराटनगरमा भारतीय ग्राहक पनि आउने क्रम बढ्यो

बिराटनगर पुस  ९ ,

विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।उक्त जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले ग्राहकलाई आकर्षित गरेको छ । मेलामा हाल दैनिक हजारौ जुत्ता चप्पल बिक्रि भइरहेको मेला आयोजकको दाबि छ । मेलामा बिराटनगर साथै धनकुटा , झापा , सुनसरी साथै भारतीय ग्राहकको पनि भिड देखिन थालेको छ ।

नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो ।

घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा राखेर जुत्ताचप्पल व्यापार मेलामा विशेष छुट अफरले पनि ग्राहकलाई आकर्षित गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यले बताए ।

नेपालमा नाम चलेका चर्चित ६ वटा ब्राण्डका चुत्ता, चप्पलहरू मेलामा राखिएको छ । मेलामा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ ।
मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने आयोजकको भनाई छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्