पिपिएल फाइनल : विराटनगरलाई विशाल २०३ रनको लक्ष्य

पिपिएल फाइनल : विराटनगरलाई विशाल २०३ रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जित्न चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ।

शनिबार पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा २०२ रन जोड्यो।

पिपिएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो स्कोर हो। यसअघि काठमाडौं गोल्डेन्स वारियर्सले २०३ रन जोडेको थियो।

चितवनका लागि अनिलकुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे।

अनिलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने मुस्ताफाले ४३ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि कप्तान पारस खड्का ११ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रनमा आउट भए भने बाबर हायतले ५ रन मात्र जोड्न सके।

आरिफ शेखले ११ बलमा १ चौका र २ छक्काको मद्दतमा १९ रन बटुले।  करण केसीले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट २६ रन र सनी पटेलले ८ बलमा नटआउट १६ रन बटुले।

बलिङमा विराटनगरका पुनित मेहरा र मोहमद साइद आलामले २-२ विकेट लिए। किशोर महतोको नाममा १ विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्