२४ असार २०७७, बुधबार

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी

काठमाडौं, पुस १३ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।म्यान्चेस्टर युनाइटेडले बर्नलेमाथि २–० को जित निकाल्दा लेष्टर सिटीले वेष्ट ह्याम युाइटेडलाई २–१ ले पराजित गर्‍यो ।

गएराति एभर्टनले न्युकासल युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले नरिच सिटीसँग २–२ गोलको बराबरी खेलेको छ ।वाट्फोर्डले एस्टन भिल्लालाई ३–० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथमाथि २–० को जित निकाल्यो ।

प्रिमियर लिग फुटबलमा आज तीन खेल हुनेछन् । शीर्ष स्थानको लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्दा आर्सनल र चेल्सी तथा म्यान्चेस्टर सिटी र शेपिल्ड युनाइटेड आमने सामने हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-7

Country Confirmed Death
Nepal1616835
India74241720642
China849174641
Malaysia8674121
Qatar100945134
Australia8886106
US2996098131480
Saudi Arabia2171082017