धनकुटामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

धनकुटामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ ।

एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइकर साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।

त्यस्तै अनिता केसीले तीन, रेखा पौडेलले दुइ तथा गिता राना मगरले एक गोल गर्न सफल भइन् । एफिएफ अगाडी निरीह देखिएको मोरङ्गले बिपक्षिको गोलमा प्रहार समेत गर्न सकेन ।नकआउट चरणमा खेलाइएको प्रतियोगितामा विभागीय तीन टीम सहितक ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले दुई लाख, कप मेडल र प्रमाण पत्र तथा उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष संदेश आठपहरीयाले बताए ।प्रतियोगिता अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लब र बराहक्षेत्र फुटबल क्लब चतारा बीचको खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्