नेपाल भ्रमण बर्षको उद्घाटन विराटनगरको शहिद रंगशालाबाट यसरी हुँदैछ

नेपाल भ्रमण बर्षको उद्घाटन विराटनगरको शहिद रंगशालाबाट यसरी हुँदैछ

विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा नेपाल भ्रमण बर्षको भब्य उद्घाटनको तयारी गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा रहेको शहिद रंगशालामा नेपाल भ्रमण बर्षको उद्घाटन गर्नको लागि प्रदेश सरकारले तयारी पुरा भएको जनाएको छ ।
बिभिन्न १२ वटा उपसमिति बनाएर प्रदेश स्तरीय प्रमण बर्ष सफल पार्नको लागि कामहरु भईरहेको छ । पुस १६ गते बुधवार मध्यान्ह १२ बजे मुख्यमन्त्री शरेधन राईले भव्य समारोहका विच भ्रमण बर्षको औपचारिक उद्घाटन गर्दैछन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले भ्रमण बर्ष २०२० को पहिलो दिन विराटनगर स्थित शहिद रंगशालामा दश हजार प्रदेशबासीको उपस्थितीमा भ्रमण वर्षको विषेश उद्धघाटनको तयारी रहेको बताए ।
उद्धघाटन हेलिकोप्टरबाट पुष्प बृष्टि सँगै ड्रोनबाट झण्डोतोलन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर भब्य उद्घाटन गर्ने तयारी भईरहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए । प्रदेश १ का १४ वटै जिल्लामा उत्पादित बस्तुको स्टल राख्ने, विभिन्न जात जातिको झाँकी, साइकल तथा मोटरसाइकल ¥यालीको पनि आयोजना गरिँदैछ । पुस १६ अर्थात जनवरी १ को मध्यान्ह १२ वजे भ्रमण बर्षको औपचारिक उद्धघाटन हुनेछ । भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक अधिकारीका अनुसार पत्राचार गर्ने काम पुरा भएको छ । उद्घाटनको दिन हुने समारोहको लागि रंगशालामा नेपाली शेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त मार्च पासको तयारी भएको छ । आईतवारदेखि नै प्रचार प्रसारको लागि माईकिङको काम शुरु भएको छ ।
झाँकी ब्यवस्थापनको तयारी भईरहेको छ । झाँकी ब्यवस्थानको लागि १२ वटा प्रदेश १ को बिभिन्न जातजातीका झाँकी प्रदर्शनको तयारी भईरहेको अधिकारीले बताए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन गीत उद्घाटन समारोहका बिच सार्बजनिक गर्ने तयारी गरेको छ ।
यी उपसमिति परिचालित
प्रदेश १ मा भ्रमण बर्षको लागि बिभिन्न १२ वटा उपसमिति बनाएर कामलाई तिब्रता दिईएको छ । उप समितीहरुमा फणिन्द्र अधिकारी मुल समारोह ब्यवस्थापन उपसमिति, अतिथी सत्कार ब्यवस्थापन उपसमिति देबी गौतम, धार्मिक तथा संस्कृतीक उपसमितिको संयोजकमा भबिश श्रेष्ठ, प्रचार प्रसार उपसमितिमा पुण्य भट्टराई, पर्यापर्यटन उपसमितीको संयोजकमा टीका गुरुङ, प्रचार प्रसार सामाग्री उत्पादन उपसमितिमा रमेश राई, होमस्टे तथा हस्तकला उपसमितिमा अर्जुन कार्की, सिमावर्ती बजारीकरण उपसमितिको संयोजकमा कृष्ण शाह रहेका छन् ।

त्यस्तै अतिथी सेवा सत्कार उपसमितीको संयोजकमा एलिना मगर, आर्थिक उप समितिमा भिम घिमिरे, साहसिक खेल उपसमिति बिराट गौतम र भौतिक तथा पुर्बाधार उपसमितिको संयोजकमा रेवत बहादुर थापा संयोजकको रुपमा रहेका छन् । यी समितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरी रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राईले बताए ।

प्रदेश १ का सरकारले तोकेको पर्यटकीय गन्तब्य
नेपाल सरकारले प्रदेश १ का बिभिन्न स्थानका पर्यटकीय, धार्मिक र ऐतिहाँसिक क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा राखेको छ । जसमा ताप्लेजुमा पाथीभरा, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेब, सोलुुखुम्बुको स्याङ्बोचे र सगरमाथा, ओखलढुङ्गाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पुर्बाधार केन्द्र, सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्ष, बराह क्षेत्र र तालतलैयालाई उत्कृष्ट गन्तब्य मानेको छ ।

त्यस्तै नयाँ तथा विकास गरिनु पर्ने गन्तब्यको सुचीमा संघीय सरकारले तप्लेजुङको तिङ्बुङ पोखरी, पाँचथरको फाल्गुनन्द सर्किट, ईलामको फिकल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे मिल्के जलजले, संखुवासभाको बालेश्वर ऐतिहाँसिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटन ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेयल), खोटाङको बराह पोखरी रहे्को छ ।
त्यस्तै सोलुखुम्बुको पाँचपोखरी, ओखलढुङ्गाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुर गढी, झापाको शहिद नेत्रलाल पार्क, अर्जुनधारा पर्यटकीय क्षेत्र र गौरादह कृषि पर्यटन क्षेत्र, मोरङको धनपालगढी, सुनसरीको पिण्डेश्वर दन्तकाली मार्ग नयाँ तथा विकास गरिनु पर्ने गन्तब्यहरुको सुचीमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनौट गरेको क्षेत्रहरु प्रदेश १ मा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्