विराटनगर महानगरको हतारको निर्णय, भारतीय खेलाडी भुटौरीयालाई सम्मान

विराटनगर महानगरको हतारको निर्णय, भारतीय खेलाडी भुटौरीयालाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो  । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिकाले सम्मान गरेको हो । विराटनगर महानगरपालिकाबाट सम्मान गरिएकी विनिता लालवानीलाई भारतमा बिनिता भुटोरिया भनिन्छ । उनको घर कोलकता हो । तर उनका आफन्त बिराटनगरमा बस्ने भएकोले महानगरले विराटनगरकी चेलीको नाता लगाएर उनलाई सम्मान गरेको हो ।
माडवारी समुदायकी भुटोरियालाई विराटनगर महानगरपालिकाले सम्मान गर्नुको कारण ४० राष्ट्रका खेलाडीहरुलाई पन्छाउँदै विश्व च्याम्पियन बन्न सफल भएको भनिएको छ । तर उनले यो च्याम्पियन नेपालको तर्फबाट नभई भारतीय नागरिकको हैसियतले भारतको तर्फबाट जितेकी हुन् ।
भारतको तर्फबाट २७ औ आईजीएसएफ बिश्व च्याम्पियन्सीपमा सहभागी हुन उनी अष्ट्रेलियाको मेलबर्नमा पुगेकी थिईन् । यसअघि उनी मलेसियामा भएको केटलबल लिफ्टिङ च्याम्पियन्सीप २०१६को १६ केजी समुहमा भाग लिएको समेत फेला परेको छ । उनले यो प्रतियोगितामा पनि भारतीय अन्तराष्ट्रिय खेलाडीको रुपमा सहभागी भएकी थिईन् । उनको सम्मानलाई लिएर केही वडा अध्यक्षले समेत बिरोध जनाएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष अस्लम आलमले भारतीय खेलाडीलाई महानगरले आफ्नो भन्दै सम्मान गरेर गलत गरेको आरोप लगाए । उनले भारतीय आधारकार्ड बोकेको ब्यक्तिलाई भारतीय झण्डामा खेलेको अबस्थामा विराटनगर महानगरले सम्मान गर्नु गलत भएको बताए ।
उनलाई सम्मान गरिएको बारेमा बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेब अधिकारीलाई सोध्दा उनले उनी बिराटनगरमा जन्मिएको र यहीँ पढेको आधारमा बिराटनगरको चेलीको नाताले सम्मान गरिएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्