जहदाको रामचोकमा हुने वडा अध्यक्ष कप नक आउट क्रिकेटमा १६ टिम सहभागी हुने

जहदाको रामचोकमा हुने वडा अध्यक्ष कप नक आउट क्रिकेटमा १६ टिम सहभागी हुने

विराटनगर । जहदा गाउँपालिकाको रामचोकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगीता हुने भएको हो । जहदा गाउँपालिका ४ स्थित रामचोकको खेलमैदानमा पुस २६ गते देखि सुरु हुने क्रिकेट प्रतियोगीता माघ ५ गतेसम्म चल्ने लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले बताए ।
जहदा गाउँपालिकाका सबै वडा, कटहरी, धनपालथान, विराटनगर र भारतको गरी १६ टिमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीताको उद्घाटन वडा अध्यक्ष जयनरथ गिरीले गर्ने छन् । जहदा गाउँपालिका ४ ले १ लाख २५ हजार आर्थिक सहयोग वाइ वाइ चाउचाउको प्रायोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
क्रिकेट प्रतियोगीता विजेतालाई नगद ५१ हजार र उपविजेतालाई नगद २१ हजार सहित प्रमाण पत्र, कप र मेडलद्धारा पुरस्कृत गरिने लक्ष्मिनिया युवा क्लबका सदस्य चन्दकुमार सिंहले बताए । वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीता आयोजनाका लागि २० लाख ८० हजार लागत लाग्ने सिंहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्