प्रदेश सरकारले फागुन १ गतेदेखि सुर्तीजन्य पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै

<span class='c1'>प्रदेश सरकारले फागुन १ गतेदेखि सुर्तीजन्य</span> <span class='c2'>पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै</span>

विराटनगर । प्रदेश सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तरगत अब फागुन १ गतेदेखि प्रदेशका सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा नीजि बिद्यालयहरुमा पत्रुखानाको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

विराटनगरका निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको अन्तरक्रियाको क्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोग रोक्ने र विद्यालय भित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताए । कानुन बनेको लामो समय भईसकेको अबस्थामा पनि ऐन कार्यान्वायनमा नगएकोले त्यसलाई फागुन १ गतेदेखि कडाईका साथ कार्यान्वायनमा लैजाने मन्त्री घिमिरेको भनाई छ ।
स्वास्थ्य जीवन प्रवद्र्धन अभियान अन्तरगत प्रदेश १ मा २० बर्ष उमेर समुह माथिका सबैको ब्लड प्रेस जाँच गर्ने, एक पटक परिक्षण पछि उनीहरुलाई पटक पटक परिक्षणका लागि प्रोत्साहित गर्ने योजना पनि प्रदेश सरकारको छ । त्यस्तै सुगर र क्यान्सको परिक्षणलाई पनि नियमित गरी हरेक घरमा यो अभियान पुर्याउने सामाजिक विकास मन्त्रालयको योजना रहेको मन्त्री घिमिरेले जानकारी दिए ।
बिद्यालय संचालकहरुसँग भएको अन्तरक्रियासँगै माघ ३ गते सुर्ती तथा सुर्तीजन्य पद्धार्थको नियमन तथा नियन्त्रण गर्ने बारेमा अभियानको डेमोस्ट्रेशन गर्ने तयारी रहेको छ ।
समस्यामा बिद्यालय संचालक
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया तथा छलफलको क्रममा बिराटनगरका निजी बिद्यालय संचालकहरुले सुर्ती, चुरोट तथा खुट्खाको कारण निक्कै समस्या भएको बताए । बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरुको भनाई छ । सेन्टजोसेफका रोहित थपलियाले बिद्यालयको १ सय मिटरमा कुनैपनि सुर्ती तथा सुर्तिजन्य पद्धार्थ बिक्री नगर्न भन्दा समेत ब्यवसायीले नटेर्ने गरेको गुनासो गरे । प्रदेश सरकारले यदी नियमन र नियन्त्रण गर्ने हो भने बर्ष भरी नै ऐनले ब्यवस्था गरेअनुसार सार्बजनिक स्थलमा नियमित अनुगमन गर्नुपर्ने बताए ।
कलेज संचालक अमित ढकाल र सिएम रिजालले बिद्यालय आसपासका एक सय मिटरमा सुर्ती, चुरोट र मादक पद्धार्थ बेच्नै नपाउने कानुनी ब्यवस्था भएपनि अहिले बेच बिखन भईरहेको औल्याए । कानुनले बेच्न नपाउने भनेको छ तर अहिले पनि बेचबिखन भईरहेको अबस्थामा नियन्त्रण र नियमन गर्न सकिन्छ भने ठिकै छ अभियान चलाऔँ हैन भने एकदिनको लागि देखाउन र प्रचारमा आउन कार्यक्रम नगर्दै राम्रो हुन्छ, ढकालले भने ।
कलेज र बिद्यालयसँग जोडिएका चिया पसलमा बिद्यार्थीहरु स्कुल तथा कलेज ड्रेसमै गएर गाँजा समेत सेवन गर्ने गरिएको छलफलको क्रममा कुरा उठेको छ । अब चिया पसल र किराना पसलमा कुनैपनि सुर्तिजन्य पद्धार्थ बिक्री बितरण गर्न नपाउने अबस्था ल्याउन सहभागीको सुझाव छ ।
पत्रकार सुवास कार्की, हेस्टल संचालक बिक्रम देवले ट्राफिक चोक आसपासका चिया पसलहरुमा सानै उमेरदेखि चुरोट सेवन गर्ने धेरै देखिने गरेको बताए । होस्टल संचालक देवले सबैभन्दा धेरै विकृती होस्टलहरुमा हुने गरेको स्वीकार गरे । मदिरा, चुरोट सेवन गर्ने तथा होहल्ला गरेर बिकृती फैलाउने काम होस्टलहरुले गर्ने गरेको उनको आरोप छ ।
पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले सुर्तीजन्य पद्धार्थको कारोवार र ओसारपासारमा नै बालबालिकालाई बेच्न रोकिनु पर्ने बताए । कानुनमा स्पष्ट ब्यवस्था गरेर सुर्तीजन्य पद्धार्थको नियमन तथा नियन्त्रण गर्ने हो भने ब्यापारीबाट नै बिद्यार्थी र स–साना बालबालिकालाई बेच्न रोक लगाउन उनको सुझाव छ ।
छलफलका क्रममा शिक्षकहरु नरहरी कोईराला र गीता ढकालले बिद्यालयमा चुरोट किन्न नजानु भनेर सिकायो भने बालबालिका घरमा गएर त्यसै गर्छन् अनी अभिभावकले कुटपिट गरेर लिन पठाउने गरेको समेत गुनासो गरे। अभिभावक स्तरमा चेतना पुर्याउन पनि जरुरी रहेको उनीरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्