विराटनगरमा दौड प्रतियोगिता, यी ब्यक्ति भए पुरस्कृत

विराटनगरमा दौड प्रतियोगिता, यी ब्यक्ति भए पुरस्कृत

विराटनगर । विराटनगर प्लेटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल ५को आयोजनामा विराटनगरमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रन फर हेल्थको स्लोगनसहित आयोजना गरिएको प्रतियोगितामा मोरङका १७ वटा कलेजका १२ सय विद्यार्थी सहभागी भएका छन् । स्थानीय आदर्श विद्यालय परिसर अगाडिबाट सुरु भएको प्रतियोगिताका सहभागीले करिब ५ किलोमिटर दौड भएको थियो ।
प्रतियोगिता अन्तरगत महिला र पुरुष गरि २ समुहमा विजेता घोषणा गरिएको थियो । जसअन्तरगत पुरुषतर्फ सिटी कलेजका छत्रबहादुर शेर्पाले प्रथम स्थान हासिल गरेका छन् भने अर्किड कलेजका त्रिकिरण त्रिताल दोश्रो र आदर्श कलेजका पंकजकुमार रायले तेश्रो स्थान हासिल गरे ।
यसैगरी महिलातर्फ मेरिल्याण्ड कलेजकी सीमा राजवंशी प्रथम, मदन भण्डारी कलेजकी ज्योती त्रिताल दोस्रो र सिटी कलेज विराटनगरकी नेहा राय तेश्रो भए । प्रतियोगितामा पहिलो हुनेलाई फ्रिज, दोस्रोलाई ३२ इन्चको एलइडी टिभी र तेस्रो हुने प्रतिस्पर्धीलाई माइक्रो ओभन प्रदान गरिएको कार्यक्रम संयोजक विकास बेगवानीले बताए ।
विजयी प्रतियोगीहरुलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पुरस्कार बितरण गरे ।
क्यान्सर सम्बन्धि सचेतना फैल्याउने उद्देश्यसहित विगत तीन बर्षदेखि प्रतियोगिताको आयोजना गरिंदै आएको बेगवानीले बताए ।
प्रतियोगिता सम्पन्न हुनु अघि भएको कार्यक्रममा मिस नेपाल अर्थ २०१८ की प्रिया सिग्देल र मिस नेपाल युनिभर्स २०१८ की मनिता देवकोटालगायतले सहभागिलाई हौसला प्रदान गरे । विराटनगर प्लेटिनम राउण्ड टेबल ११ का अध्यक्ष पंकज पारख र विराटनगर लेडिज सर्कल फाईबकी अध्यक्ष सरीता राठीसहित दुवै क्लबका पदाधिकारीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्