विराटनगरमा ‘लिग कम नक आउट फुटबल टुनामेन्ट’ हुने

विराटनगरमा ‘लिग कम नक आउट फुटबल टुनामेन्ट’ हुने

विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले पहिलो पटक फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको जानकारी दिँदै फाल्गुन २८ गतेबाट ‘लिग कम नक आउट फुटबल टुनामेन्ट’ हुने विराट बुद्ध स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले बताए ।
२१ वर्ष भित्रका उमेर समुहका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । यसरी सहभागी हुने खेलाडी अधिकांश कलेज स्तरका हुने कोइरालाको भनाई छ ।
विराटनगर भित्रका ६ र बाहिरका २ वटा गरी ८ शैक्षिक संस्थाका टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगिता डिग्री क्याम्पस खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताबाट विजेता टीमले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार सहित शिल्ड प्राप्त गर्ने छन् ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा सर्वाधिक गोलकर्ताले १० हजारका साथै प्रत्येक खेलका म्यान अफ द म्याचले नगद तीन हजार एक सय प्राप्त गर्ने संयोजक कोईरालाले बताए । प्रतियोगितामा १६ लाख लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्