विराटनगरमा ‘स्टडी इन नेपाल’ शैक्षिक मेला हुँदै

<span class='c1'>विराटनगरमा ‘स्टडी इन नेपाल’</span> <span class='c2'>शैक्षिक मेला हुँदै</span>

विराटनगर । विराटनगरमा ‘स्टडी इन नेपाल’ मेलाको आयोजना हुने भएको छ । भिजन मिडिया इनकोप्रेशन एजुकेशन डट कमले मंगलवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मेल ागर्ने बारेमा जानकारी दिएको हो । यही फाल्गुन १ गतेबाट सुरु हुने मेलामा शैक्षिक अध्ययन र शिक्षा सँग सम्बन्धित हुने आयोजक संस्थाका निर्देशक तारामान रावलले बताए । दुई दिनसम्म हुने मेला विराटनगरको होटल इस्टन स्टारमा हुने छ । नेपालमा नै उच्च शिक्षा लिन चाहाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलाले विद्यार्थीहरुमा नेपाली शिक्षा प्रतिको मोहलाई स्थापित गर्न उर्जा दिने रावलको भनाई छ ।
मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजले निःशुल्क रुपमा विद्यार्थीहरुलाई परामर्श दिने रावलले जानकारी दिए ।
मेला मार्फत नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्न सक्छन् भन्ने विषयमा परामर्श दिईनेछ । बिबिए, एमबिए, बिआईए, बिटिटिएम, बिएचएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआर्ईटी, बिडेभ्स लगायतका बिषय पढ्न चाहने विद्यार्थीहरुको लागी यस मेलाले उर्जा मिल्ने आयोजकको दाबी छ । मेला विश्वविद्यालय र विद्यार्थीहरु बिच सम्बन्ध कायम गर्ने अवसरको रुपमा रहने समेत जनाईएको छ । मेलामा ३४ भन्दा बढी कलेजहरुले सहभागिता जनाउने उनले बताए ।
यस्तै प्रकारका मेलाहरु भारतीय बिभिन्न कलेज तथा विश्वबिद्यालयले बिराटनगरमा गर्दै आएका थिए । नेपालकै कलेजहरु शिक्षामा अब्बल रहेको स्थापित गराउने पनि उदेश्यको रुपमा यो मेलालाई लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्