विराटनगरमा पत्रकार महासंघको प्रदर्शन, ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै नाराबाजी

<span class='c1'>विराटनगरमा पत्रकार महासंघको प्रदर्शन, ‘पत्रकारलाई</span> <span class='c2'>सामूहिक गिरफ्तार गर’ भन्दै नाराबाजी</span>

सोनु साह,
विराटनगर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबार महासंघ मोरङ शाखाले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चारमाध्यममाथि भइरहेको धरपकड, आर्थिक नाकाबन्दी, सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरी समाचारको स्रोत खोज्ने तथा पत्रकारमाथि साइबर मुद्दा लगाएर त्रसित बनाउने काम भइरहेको आरोप लगाए ।

उनले यस्ता गतिविधिले पत्रकारिता क्षेत्रमा अवरोध सिर्जना गरेको भन्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले पत्रकारलाई पक्राउ गर्नुको कारणसमेत सार्वजनिक नगर्ने र पत्रकारमाथि धरपकड गर्ने सरकारी गतिविधिले प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको बताइन् ।


सरकारको यस्तो व्यवहारविरुद्ध दबाब सिर्जना गर्न आन्दोलन गर्नुपरेको उल्लेख गर्दै उनले पत्रकार महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिन् ।

विरोध प्रदर्शनमा महासंघका प्रदेश सदस्यहरू तथा मोरङका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, पत्रकारमाथिको धरपकड रोक्न र सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप बन्द गर्न माग गरेका छन् ।

पत्रकार महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै सरकारलाई माग सम्बोधन गर्न दबाब दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्