विराटनगरमा आन्तरिक मामिला मन्त्रीले दिए ज्ञवालीलाई बधाई

विराटनगरमा आन्तरिक मामिला मन्त्रीले दिए ज्ञवालीलाई बधाई

विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले १ नं प्रदेश प्रहरी कार्यालयको प्रमुख भई काम गर्नु भएका ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा पदोन्नति हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
आज आफ्नै निवासमा मन्त्री कार्कीले ज्ञवालीलाई बधाई ज्ञापन गर्नु भएको हो । उहाँले प्रदेशमा रहँदा महत्वपुर्ण समन्वयकारी भुमिका निर्वाह गरेको तथा शान्ति सुरक्षामा समेत उल्लेखनिय भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
प्रहरी महानिरिक्षकमा पदोन्नती हुनु भएका ज्ञावालीले सुरक्षा ब्यवस्था र गुड पुलिसिङको अभ्यासलाई जनतासम्म पुर्याउने कामलाई प्रभावकारी बनाईने प्रतिबद्धता जनाउनु भएको थियो । बधाई तथा शुभाकामना दिने क्रममा बिभिन्न सुरक्षा निकायका अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्