विराटनगरको विकासमा गुणस्तरहिन काम, निर्माण नसकिँदै भत्कियो संरचना

विराटनगरको विकासमा गुणस्तरहिन काम, निर्माण नसकिँदै भत्कियो संरचना

विराटनगर । लापरवाही पुर्ण निर्माणका कारण विराटनगरका अधिकांश विकास निर्माणका काम गुणस्तरहिन बन्दै आएका छन् । यसको अर्को नमुना हो विराटनगर १० देवकोटाचौक उत्तरमा निर्माण भइरहेको नालामा देखिएको छ ।
यस अघि पनि आवर विराटनगरले पटक पटक गुणस्तरहिन काम भईरहेको स्थानमा पुगेर खबरदारी गर्दै आएको छ । यसअघि पनि धेरै ठाउँमा गुणस्तरहिन काम भएको पाईएपछि ति भिडियोहरु सार्बजनिक भएका थिए ।
देवकोटाचोकदेखी उत्तर मालपोत कार्यालय तर्फ जाने सडकको निर्माण शूरु भएको एक बर्ष नाघेको छ । मालपोत कार्यालयबाट पस्चिम जाने सडकमा निर्माणाधिन नालामा गरिएको प्लास्टर भत्किन थालेको छ । निर्माण पुरा नहुँदै भत्किन थालेको करिब तीन समय मिटर नालाको गुणस्तरहिन काम भएको स्थानियको आरोप छ ।

नालाको प्लास्टर भत्किन थालेपछि गुणस्तरहिन काम लुकाउनको लागि ठेकेदारले माथिबाट स्ल्याब (ढकन) ले छोप्न थालेको स्थानिय विनोद ढकालले बताए ।
प्लास्टरलाई पानीले बगाएका कारण फेरी प्लास्टर गर्नुपर्ने भएपछि प्लास्टर नगरी स्ल्याब हालिएको स्थानीय बताउँछन् । स्थानीयले बिरोध गर्दा समेत निर्माणमा खटिएका ठेकेदारले फेरी प्लास्टर गर्न चाखो नदेखाएको ढकालको भनाई छ ।
आशिष निर्माण सेवा प्रालिले निर्माणको जिम्मा लिएको यो क्षेत्रको नाला कटहरी ४ का पेटी ठेकेदार मोहम्मद सहाबुद्दिनले निर्माण गरिरहेका छन् । आशिष निर्माण कम्पनीसंग नापीको आधारमा नाला निर्माणको जिम्मा लिएकाले एकै ठाँउमा पटक–पटक प्लास्टर गर्न नसकिने सहाबुद्दीन बताउँछन् ।
नाला निर्माण गर्दा आफुले पाएको जिम्मा अनुसार नै नालाको भित्रि पर्खाल समेत प्लास्टर गरेको तर साईटमा खटिएका प्रनबिधिकले सोहिदिन नालाको निकास थुन्न लगाएकाले प्लास्टर भत्किएको उनले स्वीकार गरे ।
क्षेत्रीय शहरी विकास परियोजनाका ब्यवस्थापक भरत न्यौपानेले निर्माणमा कैफियत नभएको बताए । प्लाष्टर गरिएको दिन नै पानी छाडिएकाले प्लास्टर भत्किएकोले त्यो बारेमा जानकारी आउनासाथ तत्काल प्लाष्टर गर्न परामर्शदाता कम्पनीका इन्जीनियर हरेकृष्ण मण्डललाई निर्देशन दिइसकेको न्यौपानेले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्