प्रदेश १ मा ९० बर्ष नाघेका जेष्ठ नागरिकलाई पाँच हजार ‘प्रोत्साहन भत्ता’ वितरण शुरु

प्रदेश १ मा ९० बर्ष नाघेका जेष्ठ नागरिकलाई पाँच हजार ‘प्रोत्साहन भत्ता’ वितरण शुरु

विराटनगर । प्रदेश नं. १ प्रदेश सरकारले ९० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई ५ हजार रुपैयाँ ‘प्रोत्साहन भत्ता’ दिने गरेको घोषणा कार्यान्वायन शुरु भएको छ । सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेट नीति तथा कार्यक्रममा उल्लेख भए अनुसारको ‘प्रोत्साहन भत्ता’ वितरण शुरु भएको हो ।

बुधवार विराटनगरमा सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि प्रोत्साहन भत्ता वितरणको काम शुरु गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक सय वर्ष नाघेका चार जना जेष्ठ नागरिकलाई प्रोत्साहन भत्ता तथा सम्मान गर्दै ‘प्रोत्साहन भत्ता वितरण’ गरेर कार्यान्वायको काम शुरु गर्नुभयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउने गरी योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरे मात्र समृद्धि सम्भव हुने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि प्रदेश सरकारले जेष्ठ नागरिक ग्राम बनाउने कामको समेत थालनी भईसकेको जानकारी दिनुभयो । प्रदेश १ मा ९० वर्ष उमेर पुगेका करीब २ हजार ७ सय जेष्ठ नागरिकहरुको तथ्याङ्क संकलन भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर एकमा एक सय ३७ वटा पालिकाहरु रहेकोमा ४३ वटा पालिकाहरुले मात्र जेष्ठ नागरिकको तथ्याङ्क पठाएका छन् । प्रोत्साहन भत्ता वितरणकोलागि सम्बन्धित पालिकामा प्रोत्साहन रकम पठाउने काम भईसकेको मन्त्री घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्