‘अरनिको स्पोर्ट्स मिट ’ सम्पन्न

‘अरनिको स्पोर्ट्स मिट ’ सम्पन्न

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको चारदिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ सम्पन्न भएको हो ।
चार दिनसम्म ट्रयाक इभेन्टस्, फिल्ड इभेन्टस्, ग्रुप इभेन्टस् लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट वुधबार सम्पन्न भएको हो । स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, टेवलटेनिस, क्रिकेट, फुटबल ब्याडमिन्टनलगायतको खेलहरू समावेश गरिएको स्कूलका भाइस प्रिन्सिपल शरण गौतमले जानकारी दिए । स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ७ सय विद्यार्र्थीले भाग लिएको बिद्यालयले जनाएको छ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बिद्यालयले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल राजेश कार्कीले बताए ।
विजयी हुने विद्यार्थी खेलाडिहरुलाई स्कूलका प्रिन्सिपल राजेश कार्की, भाइस प्रिन्सिपल शरण गौतम तथा सञ्चालकहरु लक्ष्मी अधिकारी, विकाश खनाल, निलम अधिकारी र शैलेश झा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्